एकै खेलमा बेल्जियमले बनायो तीन रेकर्ड - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

एकै खेलमा बेल्जियमले बनायो तीन रेकर्ड



काठमाडौं– २०१८ फिफा विश्वकप फुटबल प्रतियोगितामा बेल्जियमले ट्युनिसियालाई ५–२ गोल अन्तरले पराजित गर्दा रेकर्डको ओइरो लागेको छ।

लगातार २७ खेल हुँदा २०१८ फिफा विश्वकपले पहिलो रेकर्ड बनायो। यसअघि सन् १९५४ को विश्वकपमा लगातार २६ खेलमा गोल भएको थियो।

यता विश्वकपमा ५–२ को नतिजा आएको यो नवौं खेल हो। यसअघि सन् २०१४ को विश्वकपमा फ्रान्सले स्विट्जरल्यान्डलाई ५–२ गोलले हराएको थियो। विश्वकपमा पहिलोपटक ५–२ गोलले पराजित हुने पहिलो टिम भने बेल्जियम हो। सन् १९३४ को विश्वकपमा जर्मनीले बेल्जियमलाई ५–२ गोलले पराजित गरेको थियो।

यस्तै बेल्जियमले विश्वकपको एकै खेलमा पाँच गोल गरेको यो पहिलो पटक हो। बेल्जिमयले समूह चरणमा नहारेको यो ११औं खेल हो। यता ट्युनिसिया भने विश्वकपका १३ खेलमा जितबिहीन भइसकेको छ। ट्युनिसिया विश्वकपमा पहिलो हाफै दुई खेलाडी परिवर्तन गर्ने सातौं टिम बन्यो।