पनामा र बेल्जियम पहिलो हाफसम्म बराबरी - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

पनामा र बेल्जियम पहिलो हाफसम्म बराबरी



एजेन्सी । विश्वकप फुटबलअन्तर्गत समूह ‘जी’ को खेलमा पानामाले बलियो प्रतिद्धन्दी बेल्जियमलाई पहिलो हाफसम्म गोलरहित बराबरीमा रोकेको छ । पहिलो पटक विश्वकप खेल्दै गरेको पानामाले बेल्जियमलाई बारबरीमा रोक्न सफल भएको हो ।

बेल्जियमले निकै आक्रमक खेलेपनि गोल गर्न भने सकेन । पहिलो हाफको मध्यसमयतिर बेल्जियमका खेलाडीले प्रहार गरेको बल पानामाका गोलकिपरले उत्कृष्ट बचाउ गरेका थिए । पानामाले बेल्जियमविरुद्ध आक्रमक खेलिरहेको छ ।

रसियाको सोचीस्थित फिष्ट रंगशालामा जारी खेलमा बेल्जियम जित निकाल्दै शुखद सुरुवात गर्ने दाउँमा छ । पहिलो विश्वकपदेखि नै सहभागिता जनाउँदै आएको बेल्जियमको यो १३ औं विश्वकप हो । तर, अहिलेसम्म बेल्जियम सेमिफाइनलसम्म मात्रै पुग्न सकेको छ । पानामाको भने यो पहिलो विश्वकप हो ।