१३ बर्षिय बालिकाको सामुहिक बलात्कार - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

१३ बर्षिय बालिकाको सामुहिक बलात्कार



महोत्तरी । महोत्तरी जिल्ला, औरही नगरपालिका–२ अन्तर्गत पर्ने फुलबरिया गाउँकी १३ बर्षिय बालिका बलात्कृत भएकी छिन् । घर नजिकै रहेको खोलामा भाँडा धुन गएका बेला बालिकाको बलात्कार भएको हो ।

गौशाला, इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक भोला भट्टका अनुसार आइतबार साँझ स्थानीय १३ वर्षीया बालिका घर नजिकैको जंघा खोलामा भाँडा धुन गएका बेला स्थानीय दुईजना युवकले सामूहिक बलात्कार गरेको आरोप लगाइएको छ ।

भट्टका अनुसार स्थानीय १५ वर्षीय दुई युवा राकेश सदा र ऋतिक सदाले ती बालिकालाई बलात्कार गरेको पीडित पक्षले आरोप लगाएका छन् ।

बालिका बलात्कार गरेको आरोपमा प्रहरीले ऋतिक सदालाई पक्राउ गरेको छ । अर्का युवा राकेश सदा भने फरार छन् । घटना बारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।