वागलुङको लाभाङ सामुदायिक वनमा भिषण आगलागी - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

वागलुङको लाभाङ सामुदायिक वनमा भिषण आगलागी



बागलुङ। वागलुङको ताराखोला गाउँपालिका ५ लाभाङको सामुदायिक वनमा भिषण आगलागी भएको छ । लाभाङका टकबहादुर बुढाले आफ्नो खरबारीमा लगाएको आगो अनियन्त्रित हुँदा करिब एकसय हेक्टर वन जलेर नष्ट भएको छ । गाउँमा खर काटेपछि बारीमा आगो लगाउने चलन छ ।

आफ्नो खरबारीमा लगाएको आगो निभाएरै फर्किएको तर पछि अचानक आगो फैलिएर वन क्षेत्रमा फैलिदा ठूलो नोक्सानी भएको बुढाले बताए । आगलागीबाट ताराखोला गाउँपालिका ५ साथै वडा नम्बर ४ को मसिनाडाडाँ तिनचुले मूलपानी सामुदायिक वनमा क्षति पुगेको छ ।

वन क्षेत्र नजिक घरहरु नभएकाले मानवीय धनजनको क्षति भने नभएको बताइएको छ । आगो नियन्त्रणका लागि ताराखोला ४ र ५ का दुईसय बढी स्थानीय वासिन्दा सक्रिय भए पनि तत्काल नियन्त्रणमा आउने सम्भावना नरहेको बताइएको छ ।