आयोजक एभेष्ट क्लब बिजयी - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

आयोजक एभेष्ट क्लब बिजयी



ओम प्रकाश बानियाँ/दिपक पुरी

एभरेस्ट क्लबको आयोजना बराह नगरपालीका ३ नडाहमा जारि प्रथम बराह मेहर कप अन्तर्गत बुधबार भएको खेलमा एभेष्ट फुटबल क्लब बिजयी भएको छ।

एभरेस्ट फुटबल क्लबको खेलमैदानमा भएको अत्यन्त रोमाञ्चक खेलमा बसाह फुटबल क्लब भर्सेज एभरेस्ट फुटबल क्लब बीच खेल भएको थियो ।

पहिलो हापको २९ अौ मिनटमा एभरेस्ट क्लबका तर्फबाट टिम क्यापटेन समेत रहेका जर्सि नं १० का निसान लिम्बुले आकर्षक गोल गर्दै खेलको पहिलो हापमा बसाह फुटबल क्लब विरुद्ध १ गोल गद्दै अग्रता दिलाउन सफल भए। त्यस्तै दोस्रो हापको ४१ अौ मिनेटमा जर्सी नं ९ का साजन राईले गोल गर्दै आफ्नो टिमलाई ० का बिरुद २ गोल गर्दै अग्रता दिलाएका थिए भने खेलमा पुर्न जर्सि नं १० का निसान लिम्बुले खेलको ४५ अौ मिनेटमा ब्यक्तिगत २ गोल गर्दै आफनो टोमलाई ० का बिरुद ३ गोलको अग्रत दिलाउन सफल भएका थिए ।

उक्त खेलमा उत्कष्ट प्रदर्शन गरी १ गोल गरेका एभरेस्ट फुटबल क्लबका जर्सि नम्बर ९ का साजन राई म्यान अफ द म्याच घोषित भए ।म्यान अफ द म्याच राईले युवा उधमी समाजसेबी रोहित सुब्बाको हातबाट नगत २ हजार ५ सय सहित ट्रफी ग्रहण गरे ।

बिहिबारको पहिलो सेमिफाईनल खेल बेलबारी फुटबल क्लब मोरङ र बराहक्षेत्र फुटबल क्लब चतराका बिच हुनेछ ।