एनकाको तेश्रो वार्षिकोत्सव सम्पन्न - Himal Post Himal Post
  • ६ चैत्र २०८०, मंगलवार
  •      Tue Mar 19 2024
Logo

एनकाको तेश्रो वार्षिकोत्सव सम्पन्न



 

साउथ अस्ट्रेलियामा रहेको एडीलेड नेप्लिज क्रिकेट एशोसीयसन ( एनका)ले तेश्रो वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर १७ तारिकको दिन पार्क २५ , पोर्ट रोड एडीलेडमा भएको उक्त कार्यक्रममा क्लब एमबेस्डर तथा लिबरल पार्टी कि संसाद जिंग ली,एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसका रुपक बर्तौला, रेस्टुरेन्ट व्यवसायी धर्म लामा लगायतका अतिथीहरु र खेलाडीहरुको सहभागिता रहेको थियो। कार्यक्रममा स्वागत मन्तब दिदै क्लबका महासचिब सन्तोष अधिकारीले क्लबको स्थापनाको बारेमा बताएका थिए। सन् २०१४ बाट एनका औपचारिक रुपमा रजिस्टर्ड भई साउथ अस्ट्रेलियन क्रिकेट एशोसीयसन , क्रिकेट अस्ट्रेलिया लगायतका क्लबहरुसँग सहकार्य गर्दै छोटो समयको अबधिमा क्लबले सफलता हासिल गरेको उनले बताए। यस सफलताको पछाडी क्लबलाई कुशलता पूर्बक नेतृत्व गर्ने अध्यक्ष विजय जोशी, साउथ अस्ट्रेलियाका क्रिकेटर  दिपक क्षेत्री, खेलाडीहरु पारस जोशी , निश्चल श्रेष्ठ , राकेश जैसवाल , क्लब कमिटि, सम्पूर्ण खेलाडी र स्वयंसेबकहरुको भूमिका रहेको बताउदै सबै प्रति कृतज्ञता ब्यक्त गरेका थिए।

कार्यक्रममा बोल्दै क्लबका पब्लिक अफिसर दिपक क्षेत्रीले एनकाले गरेका कार्यक्रमहरुको बारेमा अपडेट गरेका थिए। माईलो क्रिकेटमा सहभागी बालबालिका , अभिभावकलाई बिशेष धन्यबाद ब्यक्त गर्दै मन्तब्य सुरु गरेका उनले – क्लबले दशैँ शेलीब्रेसन कप , रक्तदान कार्यक्रम , सिजन ओप्निङ्ग, माईलो क्रिकेट कार्यक्रम , टेस्ट अफ हिमालय सिरीज लगायतका कार्यक्रमहरु सफलता पुर्बक सम्पन्न गरेको बताए। करिब ४२ बालबालिकाहरु माईलो क्रिकेट कार्यक्रममा सहभागी भएको बताउदै उनले भने ” हामी एउटा खेलकुद क्लब मात्र नभएर खेलका माध्यम बाट समुदायलाई जोड्दै एक ठाऊमा लिएर आएका छौ भन्ने उदाहरण हो यो सहभागिता।

नेपाली र अस्ट्रेलियन झण्डाको बिचमा राखिएको क्लबको फरफराई रहेको झण्डा अगाडी उभिदै सांसद   जिंग लीले क्लबको एमबेस्डर लेखिएको टिसर्टमा सजिएर  मैदानमा खेलाडी ,स्वयंसेबक र क्लबका शुभचिन्तकहरुसँग वार्षिकोत्सव मनाउन पाउदा आफु धेरै नै हर्षित महसुस गरिरहेको बताईन। क्लबका अध्यक्ष विजय जोशीले सम्पूर्ण सहयोगी प्रति धन्यबाद ब्यक्त गर्दै आगामी दिनमा पनि क्लबलाई सहयोग गर्न समुदाय , प्रायोजक , मिडिया सबैलाई आग्रह गरेका थिए। माईलो क्रिकेट कार्यक्रम अन्तर्गत बालबालिकालाई प्रमाण -पत्र तथा मेडल वितरण गरिएको सो कार्यक्रममा केक काटी खेलाडीहरुले वार्षिकोत्सवमा रमाईलो गरेका थिए। खेलाडी निश्चल श्रेष्ठ र बालकलाकारहरुले गायन र साँस्कृतिक प्रस्तुति बाट दर्शकहरुलाई मनोरंजन समेत दिएका थिए।

 

अन्य फोटोको लागि यहाँ क्लिक गर्नु होस