आगामी आर्थिक बर्षमा स्वास्थ्य क्षेत्रलाई विशेष जोड दिने :अध्यक्ष थारु - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

आगामी आर्थिक बर्षमा स्वास्थ्य क्षेत्रलाई विशेष जोड दिने :अध्यक्ष थारु



पदम ओझा / बौनियाया,कैैैलाली। 
स्वास्थ्य कार्यक्रमहरुको गाउँपालिका स्तरिय बार्षिक समिक्षा तथा सामाजिक परिक्षण कार्यक्रम आज बौनियामा सम्पन्न भएको छ । बर्दगोरिया गाउपालिका स्वास्थ्य शाखाको आयोजनाम उक्त कार्यक्रम सम्पन्न भएको हो ।

बर्दगोरिया गाउपलिका वार्ड न १ का अध्यक्ष जयरुप खतिवडाको अध्यक्षतामा भएको समिक्षा कार्याक्रमका प्रमुख अतिथी बर्दगोरिया गाउपालिका अध्यक्ष बलिराम डगौरा थारु रह्नु भएको थियो । भने बिशिस्ट अतिथी बर्दगोरिया गाउपलिका उपाध्यक्ष भगवती डगौरा थारु र बर्दगोरिया गाउपालिका प्रमुख प्रशासकिय अधिकृत अर्जुन सिंह कार्की रहनु भएको थियो ।

प्रमुख अतिथिको आसन बाट बोल्दै बलिराम डगौरा थारुले स्वास्थ्य शाखाले बर्ष भरि गरेका क्रियाकलापको बारेमा सम्पुर्णलाई जानकारी गराएकोमा धन्यवाद दिनु भयो । साथै डगौरा थारुले पहिला २ ओटा गाबिस बाट संचालित हुदा जन्ताले प्रत्यक्ष रुपामा सेवालिन बाट बन्चित भएका बेला गाउपलिकाका स्वास्थ्य कर्मिले गाउ टोलमा गएर जनचेतना मुलक कार्यक्रम गर्नु राम्रो कार्य भएको बताउनु भयो । साथै उहाले गाउपालिकाले आगामी आर्थिक बर्ष २०७५/०७६का लागी स्वास्थ्यका क्षेत्रमा विशेष जोड दिने बताउनु भयो । स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिक्तमा राखेर अझै प्रभाबकारी बनाउन स्वस्थ्य शाखा्लाई आग्रह गर्नुभयो ।

सोहि अवसरमा बोल्दै उपाध्यक्ष थारुले यो समिक्षा बर्ष भरी गरेका कार्यक्रम को बारेमा जानकारी दिने भएकाले एक्दमै राम्रो भएको बताउनु भयो । साथै उहाले केहि कुरामा कमिकजोरी सबै बाट हुने र यसलाई आगामी दिनमा सुधार्दै लैजानु पर्नेमा जोड दिनु भयो ।

आमा समुहहरुको नियमित बैठक र नियमित उपचार हुनु एकदमै राम्रो भएको बताउनु भयो । गत आर्थिक बर्ष मा २५ लाख छुट्टाएको र यस आर्थिक बर्षमा निशर्त र शसर्त गरि अझै बढी छुट्टाउने बताउनु भयो । एक फरक प्रङगमा बोल्दै थारुले सुशासन कायम गराउन आफुले आफ्नो संघ सस्थामा नियमित बैठक ,सामाजिक परिक्षण ,लेखापरीक्षणको पार्दशिता गर्न सबैलाई आग्रह गर्नु भयो ।

कार्यक्रममा दोदोधरा स्वास्थ्य चौकी इन्चार्ज कृष्ण देव जोशिले आर्थिक बर्ष २०७२/०७३,०७३/०७४ र ०७४/०७५का मा भए गरेका रोग नियन्त्रण ,सर्ने रोग,क्षय रोग,कालाजार,हात्तिपाईले,एचआईभी ,दादुरा,रुबेला खोपका बारेमा सहजिकरण गर्नु भएको थियो । साथै कार्यक्रममा पहिलेको भन्दा अहिले सेवा ग्रही बढेको जोशिले बताउनु भयो ।

बर्दगोरिया गाउपालिका स्वास्थ्य शाखा प्रमुख कैलाश रावतले स्वागत गरेको कार्यक्रममा दोदोधरा स्वास्थ्य चौकिमा बिगत २० बर्ष सम्म स्वास्थ्य स्वयमसेबिकाको भुमिका बहन गरेको भन्दै खगिसरा गौतमलाई नेपाल सरकार स्वास्थ्य मन्त्रालयले नगद बिस हजार र गाउपालिकाले दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

तपेन्द्र भुसालले सन्चालान गरेको कार्यक्रममा बर्दगोरिया गाउपलिका वार्ड अध्यक्ष ,कार्यपालिका सदस्य ,स्वास्थ्य स्वयंमसेबिका,कर्मचारी पत्रकार गरि करिब ५० जनाको उपस्थिति रहेको थियो ।