बर्दघाटमा युथ एक्सन फर रोड सेफ्टिी - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

बर्दघाटमा युथ एक्सन फर रोड सेफ्टिी



नवलपरासी असोज ३,नवलपरासीको बर्दघाट नगरपालिकामा रहेका युवाहरुको भेलाले दुर्घटना न्युनिकरण र सहायताका लागि युथ एक्सन फर रोड सेफ्टी गठन गरेका छन ।

नगरका सवै वडाहरुलाई समेटनेगरी गठन गरीएको युथ एक्सन फर रोड सेफ्टीको संयोजकमा युवराज पोखरेल र सचिवमा भुपाल शर्मा रहनु भएको छ ।

त्यसैगरी गठित युथ एक्सन फर रोड सेफ्टीका सदस्यहरुमा मनिष अधिकारी, गिरीराज भटराई दिपा पाण्डेय, सबिना थापा, सुनिता पछाई, कल्पना चौधरी, ईन्द्र चौधरी र अनिष बर्मा रहनु भएको छ ।

सुरक्षित यात्रा अभियान नेपालको उपसमितीको रुपमा रहेको उक्त कमिटीले बर्दघाट नगर क्ष्ँेत्रमा हुन सक्ने सडक दुर्घटनाका कारणहरुको खोजिगर्ने र त्यसको न्युनिकरणका लागि पहल गर्नेछ ।

उक्त समितीले बर्दघाट देखि देवदह क्षेत्र सम्म हुने सवारी दुर्घटनाका समयमा उद्धार कार्यमा समेत सहभागी हुने छ भने । सडक प्रयोगकर्ताहरुलाई सुरक्षित सडकको प्रयोगवारे प्रशिक्षण दिने छ ।

सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख प्रशिक्षक सुरक्षित यात्रा अभियानका सचिव दिनेश पाण्डेले आम सडक प्रयोगकर्ताले सडकको अनुशासन नबुझे सम्म दुर्घटना न्युनिकरण हुन नसक्ने बताउदै सडकमा अकालमा ज्यान जानेक्रमलाई रोक्न युवाहरुको सक्रियता आवश्यक रहेको बताउनु भयो ।

कार्यक्रममा बृतचित्र जोखिममा ज्यान प्रर्दशन गर्नुका साथै सडकमा सुरक्षित आवागमनको अधिकार र कर्तव्यवारे प्रशिक्षण दिईएको थियो ।