नेपाली स्पिनर सन्दीपले ७ विकेट लिए, नेपाल २५५ रनले विजयी - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

नेपाली स्पिनर सन्दीपले ७ विकेट लिए, नेपाल २५५ रनले विजयी



भदौ २६ – मलेसियामा भइरहेको एसिसी यु १९ एसिया कप छनोट प्रतियोगितामा नेपालले थाइल्याडमाथि शानदार जित हासिल गरेको छ ।

नेपालले थाइल्याडलाई २ सय ५५ रनले हराएको छ । नेपालका लागि सन्दिप लामिछानेले सात विकेट लिए । त्यस्तै किशोर महतो, नन्दन यादव र शहाब अालमले एक-एक विकेट लिए ।

२८२ रनको लक्ष्यसहित मैदानमा आएको थाइल्याडले १० ओभरमा २६ रन बनाएर आफ्नो सबै विकेट गुमाएको छ ।

थाइल्याण्डका लागि कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

यसअघि मलेसियाको ओमन क्लबमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ८१ रन बनाएको थियो । नेपालका अनिलकुमार साहले ९१ रन बनाए भने प्रनित थापा मगरले ५० रनको योगदान गरे ।

त्यस्तै, ओपनर सन्दिप सुनार ३२, रोहितकुमार पौडेल २८, आशिफ शेख २२ र कप्तान दिपेन्द्रसिंह ऐरी २१ रनमा आउट भए । पवन शर्राफ २२ र किशोर महतो २ रनमा नटआउट रहे । १९ बल खेलेका पवनले २ छक्का सहित नटआउट २२ रन बनाए ।