गजल :सुस्मा खड्का - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

गजल :सुस्मा खड्का



अहिले परदेशमा जवान धरौटीमा छ
बुढा बाआमाको सन्तान धरौटीमा छ

हिजोसम्म देशले यसैमा गर्व गर्थ्यो
तर युवासंगै नेपाली सान धरौटीमा छ

रहर बिना छोरो मरुभूमिमा गाडियो
धन लोभले आत्मसम्मान धरौटीमा छ

अध्यारो मै जसोतसो रुमल्लिएको यो
आसलाग्दो मिर्मिरे बिहान धरौटीमा छ

यो युगले मूल्य चुकाउनु पर्नेछ भोलि
हिरा भन्दा बढी मुल्यबान धरौटीमा छ ।।