खत्रीको निर्देशनमा गाजलु आँखा ( फोटो फिचर ) - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

खत्रीको निर्देशनमा गाजलु आँखा ( फोटो फिचर )



गोविन्द बिश्वकर्मा सुर्खेत, माघ १६ । गाजलु तिम्रो आँखा हेर्दै म लजाउछु भन्दै ज्ञानेन्द्र सुनार लजाउन थालेका छन् । वीरेन्द्रनगर ८ सुर्खेतका सुनार उनका गाजलु आँखा देखे भुतुक्कै हुने गरेका छन् । सुनार उनलाई घरमा ल्याएर रानी बनाएर राख्ने कल्पना गर्दै बसेका छन् ।
यो बास्तविकता होईन, ज्ञानेन्द्रले वीरेन्द्रनगरका ज्ञानेन्द्र शाही ठकुरी को शव्द तथा संगितमा  रहेको गाजलु  तिम्रो आँखा हेर्दा म लजाउछु बोलको पप गित लिएर आएका छन् । मसंग आउ मेरो जिवनमा आउ तिमीलाई मायाको कमि हुने छैन भन्दै गर्दा जिवनका हरेक सुख दिन सक्छु भन्ने प्रण सुनारको छ ।
यसरी सुनारले भन्दै गर्दा यो गितको भिडियो निर्माणको काम पनि सुरु भईसकेको छ । पहिलो पटक अभिनयमा प्रबेश गरेकि पुष्पा खत्रीले यसको निर्देशन गरेकी छन् । सिम्ता गाउपालीका ५ जन्मस्थल भई वीरेन्द्रनगर सुर्खेतमा अध्ययनरत खत्रीले पहिलो एकैपटक अभिनय तथा निर्देशन गरेकी हुन् । सानैदेखि अभिनयमा रुची रहेको भन्दै खत्रीले आगामी दिनमा निरन्तरता दिने बताईन ।
खासै जानकारी नरहेको भएपनि आफुले गरेको पहिलो प्रयास सफल हुनेमा ढुक्क रहेको बताउछिन् ।
साथै, खत्रीको प्रेमी जोडीको रुपमा राजेश कुमालले अभिनय गरेका छन् । सानै उमेरदेखि भारतको गुजरातमा चलचित्र तथा डकुमेन्ट्री  निर्माण अध्ययन गरेर सुर्खेत फर्केका कुमाल आफै अभिनयमा उत्रेका हुन् ।
छाँयाकन/सम्पादनले मात्र छवी नबन्ने महसुुस भएर एक्कासी अभिनय क्षेत्रमा प्रवेश गरेको कुमालले बताए । वीरेन्द्रनगरका विभिन्न ठाउँमा छाँयाकन भएको म्यूजिक भिडियो कुमाल मुभी हाउस सुर्खेतले उत्पादन गर्दैछ ।
लगत्तै, सामाजिक कथामा आधारीत चलचित्र उत्पादन गर्ने जानकारी दिंदै मुभी हाउसका कार्यकारी निर्देशक विक्रम कुमालले आगामी दिनमा बन्ने म्यूजिक भिडियो तथा चलचित्रमा पनि खत्रीले नै  निर्देशन गर्ने बताए ।