यस कारण भीम बहादुर अधिकारीलाई काँग्रेस त्याग्न बाध्य बनाईयो,यसमा दोषी को ? - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

यस कारण भीम बहादुर अधिकारीलाई काँग्रेस त्याग्न बाध्य बनाईयो,यसमा दोषी को ?



नुवाकोट, पौष ४ ।

कुरा आज भन्दा २० वर्ष अगाडी २०५४ सालको हो।साबिकको नुवाकोट जिल्ला बागेश्वरी गाउँ विकास समिति वडा नं ६ बोहोरे कटुन्जे स्थित भीम बहादुरको घरको आगनमा विशेष भेला बोलाएर उक्त भेलाका प्रमुख अतिथि नेपाली काँग्रेसका नेता एवं पूर्व अर्थ मन्त्री डा. राम शरण महतको हातबाट टिका ग्रहण गरी भीम बहादुर अधिकारीले १६९ जना विभिन्न पार्टीमा आबद्ध रहेका हरूलाई काँग्रेसमा प्रवेश गराउने गरीमामय भूमिका निवारण गरेका थिए।त्यो दिन आजै जस्तो लाग्छ।समय फेरीयो मान्छेका बिचार फेरीएता पनि गाउँमा डा.महतले दिएका प्रतिबद्धता अनरूप काम हुन सकेन।गोरेटो र घोरेटो बाटो मात्रै भएको त्यस स्थानमा स्थानीयहरूको सक्रियतामा गलामा भएको सुन बैकमा राखेर मोटरबाटो र बिजुली बत्ती गाउँमा पुराए।बाटो बन्यो तर हिउदामा मात्र चल्ने र वर्षा याममा चल्न नसक्ने भयो।

न त गाविसबाट नै अनुदान पाए न त मन्त्री महतबाट नै जनताको जनश्रमदानबाट मात्रै बाटो निर्माण भयो।खानेपानीको पनि संरक्षण र प्रबर्धन गर्न सकिएन।पंञ्चायति कालमा जित सिंह खडका निर्माण गरी दिएको खाने पानीलाई नै मर्मत गरी चलि रहेको छ।गैर सरकारी संस्था डिप्रोस नेपालले पानीको आयोजना ल्याए पनि त्यो टिकाउ योग्य भएन।जसरी विकास निर्माण कार्य हुनु पर्ने थियो त्यस अनरूप नभए पछि त्यस भेगका स्थानीयले विकल्पका रूपमा अन्य व्यक्तिको खोजाईमा थिए।त्यो २०७४ सालको प्रदेश र प्रतिनिधि सभा चुनावमा जानेर भनौ वा नजानेर भनौ भीम बहादुर अधिकारी लगायत पुरै स्थानीयहरूले बाम गठबन्धनलाई मतदान गरे।भीम बहादुरले २० औँ वर्ष काँग्रेसमा लाग्दा पनि पार्टीले कुनै पनि स्थान र मूल्याङ्कन गर्न नसक्दा काँग्रेसका केही झोले नेताहरूका कारण बाध्य भएर पार्टी परीत्याग गर्न पुगे।भीम बहादुर अधिकारी लगायत पुरै स्थानीय पार्टी परिवर्तन गर्नुका पछाडि निम्न लिखित कुराहरू छन्:-

१. डा. राम शरण महत एउटा असल नेता र नेतृत्व गर्न सक्ने हुँदा हुँदै पनि उहाँले समय अनकुल काम गर्न सकेनन्।केही सीमित कार्यकर्ताहरूको मात्रै कुरा सुन्ने प्रबृति नै खराब थियो महतको।डा.महतले कहिले पनि प्रत्यक्ष रूपमा जनतासँग अन्तरक्रिया गर्न नै सकेनन्।सबै विकास निर्माणका कार्यहरू केही सीमित व्यक्ति मार्फत गर्न लगाउनु नै गलत थियो त्यस कारण जनताहरूबाट डा. महतले विश्वास गुमाउदै गएका थिए।
२.साबिक बागेश्वरी ६ बोहोरे कटुन्जेका जनतालाई सधैँ भरी थिचेर राख्नु पर्छ भन्ने खराब नियत भएका बागेश्वरी चोकदेका केही औलामा गन्न सकिने काँग्रेसका स्थानीय नेता र कार्यकर्ताहरू सूर्य गढी गाउँ पालिकाका अध्यक्ष सन्त बहादुर घले,सदस्य बाबुराम पौडेल,शिव अधिकारीका कुराहरूलाई डा. महतले सुनी दिनु नै ठुलो भुल थियो डा. महत र रमेश कुमार महतले।यिनीहरूको कुरा सुनेकै भरमा न त त्यस भेगको विकास नै भो न त स्थानीयले राहत नै पाए।

३. २०७२ साल वैशाख १२ गते गएको आम विनाशकारी भूकम्पमा परी घर बार बिहिन भएका स्थानीयलाई रमेश कुमार महतले राहत वितरण गर्ने क्रममा सेते लामा जस्ता कार्यकर्ताका कारण पक्षपात पूर्ण तवरबाट वितरण गरीनुले पनि स्थानीय चिढीएका थिए।जनता साना साना कुराहरूलाई पनि सम्झिने हुनाले यस कुराले पनि केही मात्रामा असर पुरायो।

४. राजनीति पृष्ठ भूमिमा चोकदेका स्थानीय नेताहरू भन्दा भीम बहादुर अग्र स्थानमा भए पनि न त पार्टीले मूल्याङ्कन गर्‍यो न त महतले नै।भीम बहादुरको कुराको सुनुवाइ कतै पनि भएन।पार्टी परित्याग नै नगरी कन पार्टी परित्याग गर्‍यो भनेर महतका सामु कुरा पुराए।जसको परिणाम भीम बहादुर र उहाँको छोरा नवराज अधिकारी पार्टी त्याग्न विवश भए।व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर समाज सेवामा लागेका भीम बहादुर जीवनको अनत्य सम्म पनि काँग्रेसमा रहने सोच हुँदा हुँदै पनि ८१ वर्षको उमेरमा पार्टी छाड्न बाध्य बनाए।

५.हाल सूर्य गढी गाउँ पालिका बनी सके पछि अध्यक्ष बनेका सन्त बहादुर घलेले विभेद पूर्ण तवरबाट विकासका कार्य योजना वितरण गर्दा पनि त्यस भेगका स्थानीयहरू आक्रोशीत थिए।उक्त आक्रोसका कारण पनि स्थानीयले काँग्रेसलाई भोट दिएनन्।प्रत्येक वडामा भूकम्पबाट भत्किएका विद्यालयहरूलाई गाउँ पालिका बाट अनुदान दिए पनि कालीका निम्न माध्यमिक विद्यालयको प्रधानअध्यापक नवराज अधिकारी भएकै कारण अनुदान दिएनन।

६. २०७३ सालमा कटुन्जे देखि कुवापानी सम्म जोड्ने सडक खण्डलाई डा. राम शरण महतको सांसद कोषबाट १० लाखको बजेट छुट्टाएको र काम पनि भएकै हो तर उक्त सडक खण्ड राजनीतिक खिचातानीका कारण पुरा हुन सकेन।परेको बजेट पनि पूर्ण रूपमा नपाउदा उक्त सडक खण्डको उपभोक्ता समितिका अध्यक्ष भीम बहादुर अधिकारी र नवराज अधिकारीले बाटो खन्दा सुरुमा हालेको रकम १ लाख ५० हजार अहिले सम्म पाएनन्।सामाजिक कार्यमा दिएको योगदानको कदर नहुँदा भीम बहादुर अधिकारी दुखी थिए।
स्मरण रहोस् पंञ्चायति काल देखि नै चोकदेका क्षेत्री बाहुनहरू र बोहोरे कटुन्जेका क्षेत्रीहरू र जनजातिहरू बिच राम्रो सम्बन्ध थिएन र आज सम्म पनि त्यस्तै छ।चोकदेका टाढा बाठाहरूको कुरा केन्द्रमा बस्नेहरूले पत्याई दिनाले नै भीम बहादुर अधिकारी लगायत सयौ स्थानीयले काँग्रेस छाड्न विवश भए।