यस कारण काँग्रेस र काँग्रेसीले गिरिजा प्रसाद कोइरालालाई भुल्नु हुन्न। - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

यस कारण काँग्रेस र काँग्रेसीले गिरिजा प्रसाद कोइरालालाई भुल्नु हुन्न।



-कर्ण बहादुर अधिकारी।

नेपालको राजनीति काल खण्डमा युग पुरुष,शिखर पुरुष,महा नायक,राज नेताको उपमा पाएका स्वर्गीय गिरिजा प्रसाद कोइरालाको राजनीति जीवनको सुरुवात विक्रम संबत २००४ सालमा नेपाल मजदुर काँग्रेस स्थापना गरे सँगै बिराटनगर स्थित जुटमिलका श्रमिक नेताको रूपबाट सुरु भएको थियो।२००३ सालमा काँग्रेस स्थापना भए सँगै २००४ बाट राजनीतिमा होमिएका गिरिजा प्रसाद कोइराला राणा शासकबाट लखेटिएका कृष्ण प्रसाद कोइराला र दिब्या कोइरालाका कान्छा छोरा हुनु हुन्थ्यो।उहाँको जन्म सन १९२४ जुलाई ४ तरिकाका दिन भारतको विहार स्थित सहरसा जिल्लाको टेडी भन्ने गाउँमा भएको थियो भने मृत्यु २०६६ साल चैत्र ७ गते भएको थियो।उहाँको विवाह शुष्मा कोइरालासँग भएको थियो भने उहाँहरूको एक मात्र छोरी सुजता कोइराला हुन्।जो अहिले काँग्रेसको राजनीतिमा सक्रिय छिन्।

२०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्र माथि कु गरे पश्चात् उहाँलाई पक्रिएर जेल राखेका थिए।विक्रम संबत २०२४ सालमा जेलबाट छुटे पछि आफ्ना कार्यकर्ताका साथ भारत निर्वास भए पश्चात् १०/११ वर्ष सम्म भारतमा बसेर पंञ्चायति शासक विरुद्ध राजनीति गर्दै आएका प्रजातान्त्रिक यौद्धा विक्रम संबत २०३५ सालमा नेपाल फर्किनु भएको थियो।२०४६ सालको आन्दोलमा प्रमुख भूमिका देखिनु भएको कोइराला पंचायति शासकहरूलाई घुँडा टेकाएर बहुदलीय व्यवस्थाको स्थापना गराउन सफल हुनु भएको थियो।त्यस समयमा पंचायति व्यवस्था अन्त्य गराउन लौह पुरुष गणेशमान सिंह,कृष्ण प्रसाद भट्टराई लगायत कम्युनिस्टका नेताहरूको पनि ठुलो योगदान साथै गहन भूमिका रहेको थियो।

स्वर्गीय गिरिजा प्रसाद कोइरालाका दाजुहरू मातृका प्रसाद कोइराला र बीपी कोइरालाले नेपालको राजनीतिमा दिएको योगदानकै आधारमा प्रधानमन्त्री बन्न सफल भई नेपालको बागडोर सम्हाल्नु भएको थियो भने यस कार्यमा गिरिजा बाबु पनि पछि परेनन्।नेपाली काँग्रेस पार्टीलाई सही तवरबाट अगाडी बढाउनका लागि पार्टी सभापति भएर पार्टीका कार्यकर्तालाई सके सम्म मिलाएर लैजाने प्रयास गर्नु भएको थियो।स्वर्गीय गिरिजा प्रसाद कोइराला चार पटक नेपालको प्रधानमन्त्री हुनु भएको थियो।सन १९९१ देखि १९९४, सन १९९८ देखि १९९९,सन २००० देखि २००१, र सन २००६ देखि २००८ सम्म प्रधानमन्त्रीको कार्यभार सम्हाल्नु भएको थियो।उहाँ सन् १९५९ पछिको पहिलो जननिर्वाचित प्रधानमन्त्री हुन भएको थियो।उहाँ नेपालको राजनीतिमा बीपी कोइरालाको विश्वास पात्र भएर काम गर्नु हुन्थ्यो।

नेपाल र नेपाली जनताका हितका लागि गिरिजा प्रसाद कोइरालाले के दिन सफल हुनु भयो भन्ने बारे प्राय सबै नेपाली जनता जानकार नै छन्।राजनीतिक पद यात्रा गर्ने क्रममा केही त्यस्ता साना तिना कमी कम्जोरी र त्रुटि पनि नभएका होइनन् तर ती त्रुटि र कम्जोरी सामु उहाँको माहान कार्यहरूले उहाँका त्रुटिलाई ओझेलमा पारी दियो।समग्रमा उहाँको राजनीति जीवन राम्रो र सफल मार्गमा दौडिए।२०४७ सालको संविधान प्रति बिमति जनाउँदै माओवादी बनेर जङ्गल पसेकाहरूको १० वर्षको जनयुद्धलाई समाप्ति गर्नका लागि गहन भूमिका बहन गर्नु भएका कोइरालाले अन्त्यमा माओवादीलाई भारतमा भएको १२ बुँदे सम्झौता पछि नेपालको राजनीति धारमा फर्काउन सफल हुनु भएको थियो त्यस कारण कोइराला शान्तिका दूत पनि हुन।

२०६२/६३ सालमा ७ राजनीतिक दलहरूले गरेको लोकतान्त्रिक आन्दोलनमा प्रमुख भूमिका निवारण गर्दै राजतन्त्रको अन्त्य सँगै लोकतन्त्र स्थापना गर्न सफल हुनु भएको थियो।जनताको हक अधिकार जनताकै हातमा राजाबाट फर्काउन सफल हुनु भएको थियो।जहिले पनि राजनीति दलहरूले सहमति र सहकार्य गरेर अगाडी बढ्नु पर्छ भन्ने मान्यता राख्नु हुन्थ्यो।उहाँ भन्नु हुन्थ्यो म जे बोल्छु सही बोल्छु र पुरा गराएरै छाड्छु भन्नु हुन्थ्यो आखिर जस्तो बोली त्यही अनरूपको काम गर्दा गर्दै विक्रम संबत २०६६ साल चैत्र ७ गते शनिवारको दिन १२ बजेर १० मिनेट जाँदा ८५ वर्षको उमेरमा काँग्रेस र काँग्रेसीबाट बिछोडिदै स्वर्गीय हुनु भयो।

जब कोइरालाको देवसहान भयो तत् पश्चात् काँग्रेसीहरू टुहुरा भए।पार्टी भित्र अन्योलको भुमरी सृजित भए।काँग्रेस भित्र धेरै गुट उपगुट जन्मिए।पार्टी सभापति स्वर्गीय सुशील कोइराला बन्नु भयो उहाँले पनि पार्टीलाई खासै मिलाएर लैजान सक्नु भएन तर संविधान बनाउने काम चाहिँ उहाँकै सरकारबाट भयो।सुशील कोइरालाको देवसान पश्चात् अहिले देउवा सभापति हुनु हुन्छ।उहाँले काँग्रेसलाई जोड्नुको साटो भत्काउने काम गर्दै हुनु हुन्छ।सबैलाई मिलाएर लैजान सक्नु भएको छैन।युवा नेताहरू अवसरबाट बन्चित रहेका छन्।स्वर्गीय गिरिजा बाबुको आठौँ स्मृति दिवसमा स्वर्गीय कोइराला प्रति हार्दिक श्रद्धा सुमन अर्पण गर्दछु।

जय नेपाल।
महामन्त्री
कर्ण बहादुर अधिकारी
नेपाली जनसम्पर्क समिति मकाउ चीन।