तत्काल पीडितले नयाँ ट्याक्सी नपाउने - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

तत्काल पीडितले नयाँ ट्याक्सी नपाउने



हिमाल पोष्ट / १९ मंसिर, काठमाडौं । फारम विवरण भरेको साढे तीन महिना हुँदा पनि सरकारले भूकम्प पीडितलाई ट्याक्सीको दर्ता नम्बर दिन सकेको छैन ।

सरकारले भूकम्प पीडितका लागि एक हजार पाँच सय वटा ट्याक्सी वितरण गर्न गत ५ साउनदेखि २ भदौसम्म फारम भराएको थियो ।

यातायात व्यवस्था कार्यालयमार्फत वितरण गरेर भराइएका फाराम व्यवस्थापन गर्न झञ्झटिलो भएकोले दर्ता नम्बर दिन ढिलाइ भएको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

नम्बर तितरण गर्न अझै साढे तीन मनिाभन्दा बढी समय लाग्ने बताइएको छ ।  साना ठूला सवारीसाधन यातायात व्यवस्था कार्याालका अनुसार ट्याक्सीको नम्बर वितरण गर्न अझै तीन महिना लाग्ने छ ।

सबै फारम व्यवस्थित गर्न नयाँ कम्प्युटर सर्भर बनाउनुपर्ने भएकोले समय लागेको कार्यालयका प्रमुख वसन्त अधिकारी बताए ।