शिक्षित अभिभावक र छोरी-बुहारीको रामकहानी - Himal Post Himal Post
  • ६ चैत्र २०८०, मंगलवार
  •      Tue Mar 19 2024
Logo

शिक्षित अभिभावक र छोरी-बुहारीको रामकहानी



-हरि थापा

स्कुल जाँदा होस वा स्कुलबाट फर्कँदा हरेक दिन आमा बा,को गनगन सुनिन्थ्यो भर्खर चोैध वर्ष पुगेकी मायाको बिबहा गर्ने उमेर भइसकेको थिएन।ऊ पढ्न चाहन्थी,पढ्न अब्बल थिई,तर पारिवारिक दबाबको अगाडी उसको केही चलेन।

उसले बिन्ती बिसाई,तर परिवारले उनको बिन्तीलाई सिधै अस्वीकार गरे! ऊ बाहुनकी छोरी हो त्यसैले सानैमा छोरीको बिवहा गर्दिए पुण्य कमाउन सकिन्छ भन्ने सङ्कुचित सोचले गर्दा रुढिग्रस्त संस्कार,दुष्ट,नजाती मानसिकताले गर्दा बिवहा गर्दिनमा तल्लीन देखिन्छन् ।

माया शिक्षित परिवारमा हुर्केर पनि,त्यो शिक्षित परिवारको आभास लिन सकिन। ऊ जबरजस्त बिवहाको बाध्यता,चंगोलमा नराम्ररी फसी,उसका पक्षमा बोल्दिने कोही थिएनन्। अन्तत: बिवहा नगर्नुको विकल्प रहेन न टार्न सकी न नाई भन्न सकी परिवारको खुसीमा आफ्नो जीवन अर्पण गरी ।

उसले पढेर भविष्यमा राम्रो जागिंर खाने पैसा कमाउने साथै सामाजिक कार्यमा लाग्ने अठोट गरेकी थिई ।तर,उसका सपना अधुरै रह्यो।सपना देख्न नपाई टुट्यो,फुट्यो अझ भन्दा भर्खरै गर्भमा रहेको अालो सपना तुहियो।परिवारले तुहाईदिए।एउटा फक्रिदै गरेको सुन्दर फुल लाई कोपिलामा नै टिप्ने प्रयास भयो।ऊ साँच्चै विछिप्त भई हजारोैँ सपना केही छिनमै भस्म,खरानी भयो।।

सपना देख्न सजिलो छ,कुनै सुर्ता मान्नु पर्दैन तर सपनालाई साकार पार्न त्यति सहज छैन सफलता भित्र धेरै तत्वहरुको मिश्रण भएको हुन्छ।पारिवारिक सप‍ोर्ट,जोखिम ब्यहोर्ने क्षमता ईमान्दारीता,धेैर्यता लगनशिलता,तीव्र इच्छा शक्ति कार्यकुशलता अनेकोैँ तत्वहरु पुरा भए मात्रै सफलता को दर्जा पाइन्छ त्यो सफलता पाउने दाउमा माया थिइन,हरहमेशा झिना मसिना कुरामा अल्झिन नचाहनेँ मायालाई एउटै कुराले यात्रामा बाधा पुग्यो।माथिका केही तत्त्व मध्य एक छुटे सफलता हात नपर्ने पक्का थिय‍ो।

एउटा शिक्षित बाहुन परिवारमा हुर्केकी मायाले कदापि त्यस्तो सोचेकी थिइन धर्म र पुण्य कमाउने लोभमा मान्छे यसरी उल्टै पाप गर्दैछन भन्ने उसको मस्तिष्कमा ताण्डब मच्चिन थाल्यो।

तर,जति नै सोच विचार गरे पनि जति नाईनास्ती भने पनि मायाको अगाडी परिवारका सदस्य अभिभावक कठोर भएर प्रस्तुत भए,विशाल चटान बनेर सामान्य खडाँ भए उसले न त्यसलाई नाघ्न सक्थी, न तोड्न र फोड्न ऊ विवश थिई।

वास्तवमा भन्नेहरू उही धर्मलाई साक्षी राखी छोरी लक्ष्मी हुन स्वरसवती हुन अनेकोैँ तेतिसकोटी देवताको नाम फलाक्छन तर यथार्थमा मायाले त्यस्तो अनुभव गर्न पाइन।

उसलाई बोझको रूपमा हेरिन थाल्यो परिवार नै क्रूर भएर प्रस्तुत भए पछि संसारमा अरूको के भरोसा हुन्छ र कसको विश्वास गर्न सकिन्छ!जो आफ्नो परिवारले नबुझेका भावना अरू कसले बुझ्न सक्ला?उनका मन मस्तिष्कमा यस्ता प्रश्नले नराम्ररी चिमोटन थाल्यो ।

उसलाई शिक्षित बाबुअामाको कोखबाट जन्मेकोमा पछुत्तो लाग्न थाल्थ्यो एउटा छोरी जन्मनु लक्ष्मी नभई अभिषाप लाग्न थाल्यो देख्नेहरुले उसका जीवनको कति सहज र सरल व्याख्या गर्थे,तर उसलाई त्यो जीवन व्यर्थ लाग्दै थियो।

मापदण्ड भित्र बसेर जिउनुको जीवन के जीवन महल भित्रको पिडा झुपडीमा बस्ने लाई के’थाहा हुँदो हो र! शिक्षित परिवार भित्रको ट्यागहरु के सजिलै पखालिएलन र! शिक्षित बाबुको छोरी यस्ती उस्ती भन्नेहरू कहाँ खोज्न जानुपर्थ्यो र!अशिक्षित का छोरीहरुमाथी त्यस्ता ट्याग कमै देखिन तर शिक्षित भएकै नाताले कति खुम्चिएर हिँड्नु पर्ने कति चाहना इच्छा र मर्महरू त्यसै तोड्नु पर्ने विडम्बना! अत्यन्तै अस्वभाविक लाग्थ्यो।लाचार भएर स्विकार्नु बाहेक केही हुन सक्ने थिएन।

पेसाले उनको बाबा शिक्षक हुन उसले विद्यालयमा विद्यार्थीलाई राम्ररी पढाउँछन् बाल बिवहाको विषयमा खुलेरै विरोध गर्छन् विभिन्न जनचेतनामुलक कार्यक्रममा उहाँको उपस्थिति बाक्लै छ हरेक कार्यम्रममा संम्बोधन गर्दा बालबालिका महिला अधिकारका विषयमा नबोवेको विरलै भेटिएला बाल बिवहा गर्दा हुने दुख पिडा यसका असर राम्रो सँग थाहाँ छ ।

यथार्थ यस्तो छ शिक्षित भनेका उच्च वर्ग सम्मानित,परिचित,जानकार व्यक्ति अभियन्ताहरुकै घरमा बालबिवहाको जोडतोड भइरहेको छ यहाँ मान्छे शिक्षालाई अलिपर राखेर पुण्य कमाउने धन्दामा लालयित छन्।हमेसा शिक्षा स्कुलमा फलाक्ने विद्यार्थी भुलाउने बाहेक मायाको भोगाइलाई निर्क्योैल गर्दा अलिकति पनि ब्यबहारिकता देखिदैन्।

मायाको घरमा यहीँ घटना दोह्रोरियो अशिक्षितलाई सम्झाउन सकिएला तर यी कहलिएका दिग्गज शिक्षितलाई न सम्झाउन सकिन्छ,न बुझाउन सकिन्छ,यस्ता बोक्रा शिक्षितका मन मस्तिष्क घमण्डले भरिएर चरमचुली छोएको हुन्छ। पटकै सुन्ने वाला छैनन् आफूलाई शिक्षितको अब्बल दर्जामा राख्ने यस्ता पात्रहरूका कारण निर्दोष चेलिबेटीहरुको जीवन जानजान नर्क भएको तितो अनुभव उनी बताउँछिन्।

अझै बुद्दाहरु थप्छिन्, परिवारका चाहनाले इच्छाले गर्दा आफ्नो इच्छाहरू जीवन्त राख्न सकिन ईच्छाहरुको भ्रुणहत्या गरी एउटा झिनो आशा थियो संसारमा कहीँ कसैले भावना नबुझे पनि आमाले त पक्कै बुझ्छिन् भन्ने विश्वास थियो।तर बिलकुल त्यस्तो हुन सकेन,।सललल बगेको जीवन, रफ्तारमा कुदिरहेका हजारोैँ सपना चाहना,एक्कासि ब्रेक लाग्दा हुने जोखिम दुर्घटनाको पिडा असह्य हुने शब्दमा व्यक्त गर्नै नसक्ने उनको भनाई छ।

उनकी आमाले पनि बाह्र तेह्र वर्षकै उाेरमा डोली चढेकी थिइन तर चरम पिडा पारिवारिक झमेला समस्याको पडाह फोर्दै बिस्तारै अगाडि बढिन,

यो संसारमा उनको आमाले जस्तो दुख पिडा कसैले भोगेका छैनन् होला,उनले मर्नु अगाडीको नर्क पनि देखिसकेकी छिन।तर आफूले भोगेको पिडालाई कति सजिलै भुलिदिन्छिन र आफ्नो मुटुको धड्कन लाई आफूबाट पन्छाउन चाहन्छिन्।

अरू कसैले त्यो चरम पिडाको महसुस गर्न नसकेपछि आमाले पक्कै गर्छिन् भन्ने दृढ विश्वास हुन्छ। तर आमाको प्रस्तुति देख्दा लाग्छ आमा देवी हुन्छन् भन्थे तर गलत रहेछ आमा देवी मात्र हैन एउटी निर्दोष,निर्दयी छोरीको अगाडी काली भन्दा खतरनाक हुदिरहिछन,सासू भन्दा कडा हुदिरहिछिन भन्ने लाग्छ।

हुन त मायाले सासू शब्द सुनेको मात्रेै हो। खासमा के हुन्छ यस विषयमा खासै बुझेकी छैन तर आफ्नो आमाले बालिका छोरी माथि अन्याय पूर्ण ढङ्गले पुण्य कमाउनकै लागि सानै उमेरमा अर्काको छोरालाई बुझाउछिन भने आमाले बुझ्न नसकेको छोरीको पिडा यो समाजमा अरू कसले बुझ्न सक्ला … क्रमशः