प्रवासबाट केपी ओलीलाई पत्र - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

प्रवासबाट केपी ओलीलाई पत्र



सम्माननीय पूर्व प्रधानमन्त्री तथा भावी प्र म(केपी शर्मा ओली ) ज्यु अभिवादन !

आदरणीय प्र. म ज्यु , सर्वप्रथम त हजुरले पाउनु भएको हजुरको बोनस शरीरको स्वास्थ्य लाभको कामना गर्दछु । साथै प्रवासमा रहेका म जस्ता ६० लाख युवा र ३ करोड नेपाली जनतालाई देखाउनु भएको सपना सफलताको कामना गर्दछु।

हजुरले देखाउनु भएको सपनालाई दूर दृष्टि मानेर पुरा गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा लागि परेका छौँ।हजुर राष्ट्रवादि,असल,स्वाभिमानी देशभक्त नेताको रूपमा चिनिनु हुन्छ  । मलाई मात्रै होइन लाखौँ युवाको आशा र भरोसाको केन्द्र हुनुहुन्छ ।

भारतले लगाएको नाकाबन्दीका बाबजुद पनि नेपालीको शिर झुक्न नदिई जनताको स्वाभिमानलाई बचाउनु भयो र चिन सँग सम्झौता गर्नु भयो  ।अझै पनि चिन र भारत सँगको असल मित्रता कायम गर्दै देशको हितमा रहेर त्रिदेशिय सहकार्यलाई निरन्तरता दिनु हुनेछ भन्ने कुरामा विश्वस्त छौँ।

कहिलेकाहीँ यस्तो भान हुन्थ्यो कि, हजुर जस्तो राष्ट्रबादि नेता नभएको भए यसरी ठाडो शिर गरेर नेपाली बन्न र भन्न पाउने थिएनौँ कि जस्तो ।  हुन त म न हजुरको पार्टीको सदस्य,कार्यकर्ता हो,न अरू कुनै पार्टीको सदस्य नै, मात्रै एक देशलाई माया गर्ने देशभक्त नेपाली नागरिकको हैसियतले हजुर समक्ष यो पत्र लेखेको हुँ  । हजुर जस्तो बफादार नेता पाउँदा हामीलाई लाग्ने विभिन्न अारोपहरुप्रती गर्व गर्दछौ।हजुरको यो बोनस जीवन देशको विकास,सुशासन ,सम्बृद्दि र स्थिरता ल्याउनमा मुख्य भूमिका खेल्नेछ प्र म ज्यु।अबको ५ वर्षको स्थिर सरकार चलाउने जिम्मा हजुरको काँधमा अाइसकेको छ ।नेपाली जनताको आशा ,भरोसा र विश्वासिलो नेताको रूपमा चिनिनु हुनेछ   ।

भूकम्पले  क्षतविक्षत्  गरेको बेला र झन् त्यसैमा भारतले लगाएको नाकाबन्दीका कारण नेपाली जनतालाई ठुलो आशा र भरोसा दिनुभएको थियो ।हजुरले देखाउनु भएका सपनाहरू मेरो मनमा कहिल्यै नमेटिने गरी छाप भएर बसेका छन् ।पूर्व पश्चिम रेलमार्ग, वन रोड वन वेल्ट,नेपालले आफ्नै लगानीमा पानी जहाज किनेर नेपाली राष्ट्रिय झन्डा फहराउदै हिन्द माहासागरमा हुईक्याउने त्यति मात्रै कहाँ हो र पाइप लाइनबाट घरघरमा ग्यास उपलब्ध,हावाबाट बिजुली उत्पादन जस्ता प्रमाणपत्र धितोमा राखेर रकम उपलब्ध गराइने, एक घर एक रोजगार समेतको सपना देखाउनु भयो र त आज मेरो मनको मात्रै होइन लाखौँ करोडौंको प्रिय नेता भएर जित हासिल गर्नुभएको छ ।

यो जित हजुरको होइन ,हजुरको पार्टीको होइन सिङ्गो राष्ट्रको जित हो ३ करोड देशभक्तहरूको जित हो ।यस्तै कैयौँ सम्भावनाका सपना बाँड्नु भएको छ , अब यी सबै सपना पूरा गर्नुहुनेछ  । त्यसैले त आज हजुरले यती धेरै मास ,यति धेरै मानसम्मान पाउनुभएको छ ।आगामी  दिनमा यो विश्वास,यी सपना पूरा गर्नुहुनेछ भन्ने आशा छ ओली ज्यु ।

राष्ट्रियता,स्वाभिमान र पुर्खाहरूको रगतले सिर्जित राष्ट्रको शिर कहिल्यै झुक्न नदिई अगाडि बढ्नु होस् हामी साथमा छौँ ,हुनेछौँ ।अन्त्यमा हजुरले देखाएका सारा सपना पूरा गरेर हजुरले पाउनु भएको बोनस जीवन सिङ्गो राष्ट्रको हितमा बिताउनु हुनेछ र हजुरको नाम इतिहासको पानामा कहिल्यै नमेटिने गरी रहनेछ भन्दै अहिलेलाई अोझेल हुन्छु।धन्यवाद।।

बिरेन्द्र धानुक ,हाल मलेसिया

जय मातृभूमि
जय देशभक्त युवा