पद र पैसा भएसी के हुन्न ? - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

पद र पैसा भएसी के हुन्न ?



हरि थापा

यो देशलाई नियाल्ने हो भने परिस्थिति उदेक लाग्दो छ। यहाँ नागरिकले जे हुनुपर्छ भनेका छन् त्यो भएको छैन।जे नहुन पर्ने त्यही भइरहेको छ। यत्ति सम्मकी नीति बन्यो नियम बन्यो तर नियति बन्न सकेन,नितिनियमले नियतिलाई कब्जा गर्न सकेन।खल्ती मा गाठ भएपछि जे पनि स्वाँहा भईदियो।

यहाँ भएको र हुँदै आएको पनि त त्यही छ ठुला ठुला काण्डका अभियुक्तहरु यति बेला चिसो भुईँमा सड्नु पर्ने हो तर त्यसो भएन।खल्ती बलिया हुने हरूले नितिनियमलाई नै किन्दिए त्यसैले त ती फरारको सूचीमा छन् ।

पद र पैसा भनेको प्रेमी र प्रेमिका जस्तै हुन ,हुन त प्रेमी,प्रेमिका विना पनि जीवन चलेकै हुन्छ तर भने जस्तो सोचे जस्तो चैँ नहुन सक्छ।त्यस्तै पद भए जसो तसो पैसा कमाउँछन।तर जब पद र पैसाको मिश्रण हुन्छ तब कसैले छुन पनि सक्दैन्।ठुला ठुला घरणाका व्यापारीको ताल हेरोैँ टुलुटुलु हेर्नु बाहेक सिधा नजर लगाउन पनि चाहँदैनन् देखे नदेखे गर्छन् त्यसको पछि त्यही पैसाको चलखेल त हो।

यति बेला देशमा पदहरूको लहर चलेको छ।कात्तिक मङ्सिरमा सयपत्री ढकमक्क फुले झैँ नयाँ सरकार बने सँगै कुर्सीहरू टुलुटुलु हेर्दै लायक व्यक्तिलाई पर्खिरहेका छन्।

त्यो कुर्सीमा पुग्नको लागि तीव्र प्यास भइरहेको छ अझ सिधा भाषामा भन्दा म्याराथुन दोैड नै चलिरहेको छ।यस भित्र गतिला सक्षम भन्दा पनि षडयन्त्र गर्ने र ठाउँमा पुग्नेको जोड नै अग्र स्थानमा छ। नातावाद,कृपावाद अन्य वाद पनि सदाबहार रहिरहने खत्रा चिज रहेछ। चाहे त्यो मुख्य मन्त्री होस वा मन्त्री माथिल्लो देखि तल्लो स्तर सम्म यो कसरत भइरहेको छ।

यति बेला कुर्सीहरू पर्खाइमा छन्,जब त्यो कुुर्सिको लागि बिरालोहरू चालमा लुसुक्क छिर्न खोजेका छन्,जब त्यहाँ पुग्छन साँच्चै बाघ बन्छन न कसैलाई टेर्छन न आफू गतिलो काम गर्छन्।भएको यस्तै छ।

पद,यस्तो भयो कि पद को लागि यहाँ मान्छे सास काड्न छोड्छन।चाहे मन्त्री बन्न होस वा अाईजीपी वा कुनै मन्त्रालयको सचिव वा मुख्य सचिव जे पनि गर्न चाहन्छन मात्र पदको लागि।जब अाश्वसन साथै कसम खान्छन म जनताको हितमा काम गर्छु भन्छन्।केही कसुर बाकी राख्दिन सबै गर्छु आफै गर्छु भन्छन्।

कुर्सी पाउनको लागि अनेक जादु गर्छन् ।कथमकदाचित मुस्किलले पाए भने अनि सेवा गर्ने होइन लुट्न थाल्छन।कुर्सीको मर्यादा भुल्छन र अन्ततः:यसरी टासिन्छन त्यो कुर्सीमा सुपर ग्लु ले टासेका पेपरको पाना झैँ।अनि त्यसलाई कुर्सीबाट छुटाउन खोज्यो पना च्यातिए झैँ च्यातिन खोज्छ अनि च्यात्नु भन्दा बरु त्यतिकै छाडि रह्यो।टन्टैसाफ..

पद,यस्तो चिज भयो,जड्याहाँ लाई मन पर्ने साटिन सफेटा र दारु जस्तै भयो। जन्मदिनमा काटेको केक को सानो टुक्रा जस्तो स्वादिष्ट भयो।माहुरीको मह जस्तो भयो यति सम्म की एक पटक चाख्न पाए सी छाड्न नचाहने।निरन्तर खाईरहने कहिल्यै मात नलाग्ने जति खाए पनि।

अब खुकुरी भन्दा कर्दो लाग्ने,आमा भन्दा छोरी जान्ने,कलम भन्दा तरबार बलियो यसका जमाना गयो अब त पद भन्दा पैसा ठुलो पैसा भन्दा पद ठुलो विषयमा बहस हुनुपर्छ।।

यहाँ एउटा मालदार कुर्सीको लागि कति गर्छन् थाहाँ छ?पद यस्तो जिनिस भयो,जहाँ पछि सबै जिम्मेवार भुली मनपरी गर्न पाइने पावरफुल बलियो भरपर्दो अाईरन स्टेेज बन्यो।

अनि यो स्टेजमा चढेर टक्क तोपका सलामी खान कति मज्जा!तोप सलामीको मोह पनि कम्ता छैन।केही मन्त्रीहरू आफ्ना गार्डहरूलाई जम्मा पारी बारीको पाटामा लगी एउटा पिडाका अोछ्याई त्यसमाथि रातो कार्पेट बिछ्याई बिहान बेलुका मर्जीका साथ तोप सलामी खान्छन ।कठै!

यो पद खाली फगत सलामी अर्पणकै निमित्त ग्रहण गरेको हो।पद मा बसेर फटाफट कामको निर्देशन दिनुको साटो बुढीले पकाएको दाल भात भन्दा सस्तो बनाए कुनै मान्यता नै नहुने उल्टो लाजमर्दो।

अपवाद केही राम्रा राष्टसेवक कर्मचारी प्रमुख केही सचिव मन्त्री बाहेक अरू पदमा रहने ले के चैँ गरेनन् कुट्ने लुट्ने देखि कालाबजारीलाई साथ सहयोग गरे,जनता लुट्नेलाई छुट दिए बलत्कारीलाई उम्काए, राज्यकोषको चरम दोहन गरे दादागिरी देखाई निर्दोषहरूलाई धम्की दिए,अब गर्न बाँकी चैँ के छ?गर्नु पर्ने मोज मस्ती दिन पर्ने दुख पिडा सबै दिएर सत्ता र शक्तिको अाडमा गर्न नहुने खराब काम गरे।

कति अख्तियारको फन्दामा परे कति अझै पनि लुटिरहेका छन् कति लापरबाही गरेका छन् पद मा बसेपछि कति सम्म गर्दा रैछन मान्छेले सिस्टम नै क्रयाक गर्दिदा रहेछन्….

ठुला ठुला हाईड्रो पावर का प्रमुख भन्सारका प्रमुख देखि अाईजीपी चिफ साफ,मन्त्री प्रधानमन्त्री राष्ट्रपति सभासद् मुख्य सचिव जस्ता सम्मानित पद पाउन साम दाम दण्ड भेद लगाएर तडाछ मछाडकै गतिमा तीव्र प्रतिशपर्धा हुन्छ।

यहाँ सम्म फ्याक कुरा थियो सम्मानित पद र तोप सलामी को मोह,अब अलि अगाडी बढोैँ कुनै कार्यालय प्रमुखलाई लोेैन सर “हेल्प मी “तपाईँ मातहतका कर्मचारीले घुस खाए पैसा मागे, अहँ हाकिमले मरिगए पत्याउँदैनन् म मात्र एक पवित्र हाकिम हो हरेक ठाउँमा घुस,अर्थात् पैसा को कारोबार हुन्छ मात्र यहाँ सर्वसुलभ सेवा दिएका छोै भन्दै कमिटमेन्ट गर्छन्।अनि माथिल्लो तलामा हाकीले यसो भनिरहँदा कर्मचारीले भुईँ तलामा लुटिरहेका हुन्छन्।ठगिरहेका हुन्छन्।कमजोर त्यो कर्मचारीको हैन माथिल्लो तलामा बस्ने प्रमुख व्यक्ति अर्थात् पद मा बसी मर्यादा बिर्सने हाकिमको हो।

अनि सेवाग्राही मख्ख पर्छन।होलानी त पुरै विश्वास गर्छन्।केही दिनमा त्यही कार्यालयमा अख्तियारले पैसा अर्थात् घुस सहित पक्राउ गर्‍यो भनी समाचार भाईरल हुन्छ।अनि हाकिम हरू निच्च पर्दै आफ्नो पद जोगाउँदै डिफेन्ड गर्न तिर लाग्छन।

अनि कर्मचारी दुई चार दिन समाते जस्तो गर्छन् टन्न पैसा हुन्छ तारेखमा छुट्दा छुट्दै एक दिन साँच्चै अपराधी प्रमाणणित भयो भने।के कति क्षतिपूर्ति तिर्नु पर्ने हो तिर्न तयार हुन्छन्।लाखोै घोटाला गरेका हरूले हजार तिर्न छु मतलब !अान्नदले तिरि दिन्छन र छुट्छन।

पैसाको कुरा गर्ने हो भने त भगवानको तिननेत्र भनेझैँ मान्छेको कति गुणा बढी हो यकिन छैन
यहाँ पैसाको लागि के गर्न बाँकी छ सन्तान बिर्सेका छन्,छिमेकी बिर्सेका छन्,कस्ता कस्ता अवैध धन्दा पनि पैसाको खोला बगाएस् सबै पखालेर सेतेै बनाउँदो रहेछ ।

अाँखिर भएको पनि त यही हो जति सुकै ज्यानमारा देश खतरनाक अपराधी नै भए पनि पैसाको गन्धले त्यो सबै बिर्सन बाध्य पार्छ,सबका सब छुट पाइन्छ मात्र दाम हुनु पर्‍यो अपराध जाबो त्यसै छिन्न भिन्न पार्दिन्छन यति शक्तिशाली भयो यो पैसा र पद…

कालो धन्दा होस कि सेतो धन्दा उस्तै परे पैसा छैन भने सेतो धन पनि कालो बनाइदिन सक्छन्,केही शक्तिशाली मान्छेले तर यहाँ पैसाको चमकले कालो धन्दा ठुला ठुला अपराधीहरू पनि सदाबहार चम्किरहन्छन ।

नोट मोटो रकमको भरमा हरेक घटना चुप पार्दिन्छन। त्यसको गन्धमा लागेपछि जो कोही पनि लचक भईहाल्छ जति नै कठोर पनि नरम भईहाल्छ यस्ता अभियुक्तहरु पटक पटक देखिएको छ।तर हाम्ले बोलेर के गर्ने हामी सँग दुई चिज छैन यी दुई चिज नहुने बोल्नु पनि दुर्भाग्य हो देखेको कुरा पनि मेटाईदिन्छन यी माथिको दुई तत्त्व को मिश्रण भए पछि जस्ता जे सुकै रेड मोष्टवान्टेड पनि फिका वान्टेड बनाई दिन्छ जब पैसाको गन्ध यसको स्वाद थाहाँ पाए पछि एक सय एक काम कुरा सेकेण्ड भरमा स्वाँहा पार्दिन्छन।