महिला माथि हाकिम सा'बको शोषण ! - Himal Post Himal Post
  • २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
Logo

महिला माथि हाकिम सा’बको शोषण !



-हरि थापा

सबैको ध्यान सभ्य समाज बनाउने र सुशासन कायम गर्ने विभेदपुर्ण समाजको निर्माण गर्ने अन्याय को प्रतिवाद गर्ने रोजगारको कायपलट गर्ने आदि इत्यादि जस्ता नारामा सीमित छन् समाज चाहिँ स्टेट कुदिरहेको छ ।

प्रसंङ्ग यहीबाट सुरु हुन्छ। शिक्षाको कुरै नगरम शिक्षाको कुरा अर्कै पाटामा गरोैँला यहाँ शिक्षित महिला माथि भएको दमन लाई नै चर्चा गर्ने छु।त्यसपछि तपाईहरुले स्वईमले कल्पना गर्नु पर्ने छ अशिक्षित महिलाको स्थान हाम्रो समाजमा कहाँ होला।

“पेसाले एक असल कर्मचारी व्यवहारले एक बुहारी, एक श्रीमती र एक सन्तानकी आमा माईति पक्षको एक असल छोरी,मायालु दिदी घर माईतिको व्यवहार धान्नुपर्ने जिम्मेवार उनैमा थियो”

कक्षा नोैँ मा पढ्दा पढ्दै रितिरिवाज अनुसार सामान्य परिवारमा मागि विवहा भएको थियो ।

स्कुल देखि नै राम्रो पढ्ने हुनाले आर्थिक अभावको कारण पनि स्कलरसिपमा पढ्न पाइन। कहिले माईता कहिले घर बसेर उनले अध्ययनलाई निरन्तरता दिइन।

त्यसपछि उनले एसएलसी फस्ट डिभिजनमा पास गरिन र उच्च शिक्षा हासिल गर्न सहर हिडिन्।

एउटा ग्रामिन भेगमा हुर्किएकी उनलाई सहरमा बस्न त्यति सहज थिएन तैपनि अनेकोैँ बाधा अडचालाई सामाना गर्दै टिक्ट सफल भईन।

साहस जुटाईन, जागिर नपाएर हैरान भएकी उनले अफिसको काममा अवसर पाइन उच्च शिक्षा र काम सँगै डोर्याउने योजना बन्यो।होैसल्लाको साथ काम गर्न थालिन।

वेरोजगार मान्छेले जागिर पाए पछि खुसी नहुने कुरै भएन।जागिर पाए पछि उनी असाध्यै खुसी भएकी थिइन। उनी भन्दा पनि उनको परिवार अझ खुसी भएको थिए ।जागिर खाएपछि उत्साही देखिएकी उनको त्यो जाँगर ले कति सम्म स्थान पाउँछ भन्ने कुराको यकिन थिएन।

माईतिको जेठी छोरी घरको एक्लो बुहारी उनको थाप्लोमा गहन जिम्मेवार थियो।भाइ बैनी पढाउने घर व्यवहार चलाउने जिम्मा पनि उनी माथि थियो साथै घरको सासु ससुरा रुझाउने काम त छदै थियो।

उनले वितेका ती सङ्घर्ष का दिनलाई ढाक्न खोज्दै थिइन।विगत जे जस्तो अभाव भए पनि सुनोैलो अवसर पाएर गर्व गर्थिन उनको त्यो खुसी छर्लङ्ग देखिन्थ्यो।चम्किलो अनुहारमा खुसी देख्दा भाग्यमानी रैछिन भन्ने कम थिएनन।

उनको रूप,रङ्ग को नकुरा गरोैँ साच्चिँकै अप्सरा जस्ती देखिन्थिन् त्यस कारण स्कुलमा पनि एक शिक्षकले उनी प्रति कु दृष्टि राख्दै फ्रि ट्युसनको बाहनामा शाररिक शोषण गर्ने खोजेको कुरा पहिल्यै भनेकी थिइन।तर उनी सधैँ सतर्क रहिन ।

शिक्षकले उनलाई पटक पटक तिमि मेरी छोरी जस्तै होैँ अन्यथा नलेऊ।म सहयोग गर्छु भन्दै ट्युसनको अफर नगरेको होइन। छोरी जस्तै भन्ने शिक्षकले “छोरी नै भन्न सकेन।बिचमा “जस्तै”शब्द ले बार लगाए।उनी पढ्न गईनन् उनको भनाई थियो यदि म प्रति हजुरले सहानुभूति राख्नु हुन्छ भने स्कुलमा अरू साथीहरू सँगै पढ्छु।

उनको कुरा सुनेर शिक्षक रुष्ट भएको थियो “जबाफ’मा अब नपढ्ने हो भनी त मेरो भन्नु केही छैन राम्रो पढ्छ्योैँ भनेर अफर गरेको हुँ ठिक छ तिमि आफैँ सोच। सोच्ने जिम्मा दिएर ऊ पन्छियो।

एक हिसाबले कुरा ठिकै थियो ज्ञान सिक्ने कुरामा त उनी कहाँ पछि हट्थिन र ? तर उनले शिक्षकको चालमाला,नियत बुझिसकेकी थिइन।

शिक्षक पहिला पनि त्यस्तै विद्यार्थी काण्डमा विवादित बनेको उनले सम्झिईन र त्यो शिक्षक सँग नपढ्ने निधो गरिन ।

शिक्षकले सधैँ उनलाई सुमसुम्याउने जिस्कयाउने काम गर्न छाडेन् उनी दिक्क भईन तर प्रधानध्यापकलाई उजुरी दिन जाने साहस गरिनन्।यो क्रम बढ्दै गयो तर उनी आफैँ सतर्क भईन।

जागिरको दोैडानमा यही क्रम दोह्रोरियो।सुरुवतामा मिठा चिल्ला गफ गर्दै लठ्ठै पार्ने हाकिम सा’ब, हरुको नियती पनि उही उस्तै योैन पिसासु शिक्षकको जस्तै थियो।सुरुमा बैनी जस्तै छोरी जस्तै भनी ठिक्क पार्ने अनि म तिम्रो हाकिम मात्र हैन अभिभावक पनि हुँ भन्ने तर ठेट बैनी छोरी र अभिभावक नै भन्न र बन्न नसक्ने देखियो ।

कहिले सरुवा बढुवा को कुरा कहिले तलब भत्ता सुविधाको कुरामा हाकिमले उनलाई पटक पटक जालमा पार्न खोजेँ उनको दृढता एउटै थियो आफ्नो काम नहडबढाई गर्ने अन्याय नसहने! उनको स्वभाव हक्की थियो।

हाकिमले बडो लोभलालच देखाउदैँ प्रमोसनका कुरा गर्थेँ उनले सुनिमात्र रहिन, एउटा अफिसको सामान्य कर्मचारी सँग हाकिम यसरी जोडिदा साच्चैँ त्यहाँ हाकिमको त्यत्रो मान मर्दान थिएन।

केही राम्रा रूप देख्यो कि काम छाडि गफ चुट्न आउने काममा बाधा बनाउने उनको अनुभव थियो।कहिले चियाको अफर कहिले नास्ता अनि अफिस सकेपछि घुम्ने अफर कयोैँ आउन थाल्यो।यस्ता प्रस्ताव ठाडैँ अस्वीकार गरिन।

पारिवारिक कुरा गर्दै जादाँ श्रीमान् विदेशमा हुनुहुन्छ भन्ने थाहाँ पाएपछि अझै फोनकल बढेको थियो उनले खासै चासो दिईनन।

अफिस सकिसकेपछि पनि हाकिमको फोन अाउदाँ उनी वाक्क भएकी थिइन अफिसको कुरा अफिसमा गर्नुस न सर! उनको जबाफमा हाकिम चुप हुन्थ्यो तर पनि अनेक बाहनामा जोडिन खोज्थ्यो।

अफिस गईसके पछि पनि काम गर्न डिस्टब गर्ने हाकिमको कोठामा बोलाई मिठामिठा गफ चुट्न खोज्थ्यो। सर! मेरो काम छ भन्दा पनि ह्या के कामको चिन्ता गर्छोैँ ।अब तिमीले काम गर्नु पर्दैन ।तिम्रो म प्रमोसन गर्दिन्छु अझै भुलाउन खोज्थ्यो।

ह‌ैन सर अफिसमा आएपछि काम त गर्ने परिहाल्छ नि !आत्तिनु पर्दैन काम बिस्तारै गर्ने हो एक छिन बस!अफिसको हाकिम म हुँ मैले भने पछि किन चिन्ता गर्छोै।

ऊ म सँग टासिन खोज्थ्यो अनि अफिसका कुरा छाडेर श्रीमान् को याद अाउदैन अब त धेरै भयो क्यारे।गफ कतिको हुन्छ साच्चैँ उसको नियत खराब थियो ।उसले एक दिन नाडीमा समाती सिधै प्रस्ताव गरेको कुरा सम्झिन्छिन।

हामी एक रात सँगै बसोैँ न त्यसपछि तिम्रो प्रमोसन पनि पक्का गरिदिन्छु । हाकिमको कुराले उनी भित्र भित्रै जलेकि थिइन शिथिल भएकी थिइन।यति निर्धक्क प्रस्ताव गर्ने अठोट कसरी गरेको होला?

प्रश्नहरूको पोको धेरै थियो। उनले भित्रै सुरक्षित राखेकि थिइन? आखिर के चाहन्छन यी हाकिमहरू ?उनले पटक पटक देखेकि थिइन हाकिम सँग उनको सहकर्मी साथीहरू तर उनले अरूको बारेमा त्यति धेरै चासो गरिनन।

हाकिमले उनलाई एउटै दर्जामा राखेर सोच्यो उनले बुझेकि थिइन ।कयोैँ महिला पीडित छन् तर आवाज बुलन्द पार्न सक्दैनन् जसलाई आफ्नो शरीर इज्जत प्रतिष्ठा भन्दा जागिर प्यारो छ। हुन पनि हो वेरोजगारले नराम्रो सँग गाँजेको छ त्यसैले जागिर जोगाउन पनि आफू शोषित हुन बाध्य छन्।

उनले थपिन ..त्यो नाईट प्रस्ताव आउँदाहाकिमलाई चड्कन लगाउन मन थियो तर अाट गरिन भई गो एक पटक भनी छाडिदिए।

पुन यस्तो ज्यादती दोह्ररिदै गयो।उसले मेरो पिठ्युमा हात राख्ने केही संवेदनशील अङ्गहरुमा स्पर्श गर्ने कपाल मुसार्ने काम गरिरह्यो। जुन श्रीमानले श्रीमतीमाथी अधिकार जमाए जस्तै अधिकारको प्रयोग गर्न खोज्थ्यो।

यति बेला सम्म उनले चासो दिईनन् तर ज्यादतिले पराकाष्ट नाघेपछि उनी रुष्ट भईन अाक्रोसित भईन ।

सोचिन पटक पटक सम्झिईन उनले खप्नु जति खपिन तर अति भो अफिसको प्रमुख व्यक्तिको नियती खराब भए पछि अफिस कसरी मजबुद रहोस्।अफिस लाथलिङ्ग हुँदा पनि उसलाई वास्था हुन्थेन।

प्रमोसन गर्दिने पायक पर्ने ठाउँमा सरुवा गर्दिने प्रलोभनमा कयोैँ युवती फसायो तर कोही कसैले प्रतिवाद गर्ने अाट गरेनन् ।

हुन त त्यहाँ भित्र धेरै कहानी थिए ।वेरोजगार हुने कारण पनि यस्ता ज्यादती सहन बाध्य थिए।उनले साहस गरिन सम्बन्धित ठाउँमा गुनासो गरिन ।

मुस्किलले उनको गुनासो सुनियो ।गुनासो गर्दा पनि त्यहाँका हाकिमका सोच चाहना पनि उस्तै हुन्थे तर उनी अलि कडा स्वभावकी थिइन।कडा जवाफ दिन्थिन्। कतिले मुख खोल्थे कस्ति स्वभा नभाकी छुच्ची केटी !तैपनि जिस्क्याउन पछि पर्दैनथे,।

हाकिमले स्वार्थ पुरा गर्ने शाररिक प्यास मेटाउने लक्ष्यको पर्दाफास त भयो तर दुई दिन प्रहरीले समाते जस्तो गर्‍यो अनि छाडिदियो।

उनले केही दिन ढुक्कले काम गरिरहिन तर केही दिनमा हाकिम आएपछि अनेकोैँ कुरा ईस्यु गरी मानसिक यातना दिन थाल्यो। त्यसपछि उनले राजिनाम दिइन जागिर नखाने प्रतिबद्धता गरिन। हाकिमका चित्त बुझाउन नसक्दा महिलालाई यसरी जागिर छोड्न बाध्य पारियो।

कतिपय केटी हाकिम सा,ब को स्वार्थ अनुकूल चल्ने खालका पनि होलान् । तर, इज्जतमा बसेर पसिनाको कमाइ खानेमाथि गिद्दे नजर नलगाउनुस् । कम्तीमा कसैमाथि गिद्देनजर लगाउँनु अघि आफ्ना श्रीमती,छोरीचेलीमाथि कसैले यस्तो सोचे कस्तो लाग्छ भनेर सोच्नुहोस् त ! हाकिम सा,ब…