महिला दिवसमा हेमन्त गिरीको पुरुषलाई संदेश
* ‘मौका यही हो,यो केटीलाई ‘बाइकमा लिफ़्ट’ दिन पाए हुन्थ्यो’ हैन ; ‘यो बैनीलाई अफ़्ट्यारो परेको भए घर सम्म छोड़दिन पाए हुन्थ्यो’ भनेर सोचौं ।
* ‘यो महिला कति जान्ने भएर बोलेकी !’ हैन ; ‘जान्ने छे तब त बोल्छे’ भनेर सोचौं ।
* ‘यसको त लाहुरे श्रीमान छ कता कता डुल्छे’ भनेर हैन ; ‘श्रीमान बाहिर हूँदा पनि सहजता पूर्वक घर व्यवहार सम्हालेकी छे’ भनेर सोचौं ।
* ‘यिनीहरु ‘अपोजिट सेक्स’ मात्र हुन’ भनेर हैन ; यिनीहरु मध्ये कोहि मेरा दिदीबहिनी हुन,कोहि मेरा आमा काकी हुन,कोहि मेरा साथी हुन’ भनेर सोचौं ।
* सोंच बदलौं,समाज बदलिन्छ ।
* अँ सांच्ची..आजको दिन आमा,भाउजु,श्रीमती,दीदी,काकीले पकाएको खाना खाएर,थालमा हात चुठेर गोष्ठी र सेमिनारमा महिला अधिकारका भाषण गर्न एक्लै जाने हैन,उनीहरुलाई घरको काममा सघाएर मिलेसम्म संगै लिएर जाने गरौं । उनीहरु बोल्न नजाने पनि सुन्छन,सिक्छन ।
* महिलालाई सम्मान बोलीमा हैन व्यवहारमा गरौं ।
* अन्तराष्ट्रीय महिला दिवसको अवसरमा सबैमा शुभकामना ।