महाकाली अञ्चल अस्पतालमा क्षयरोग पत्ता लगाउने मेशिन सञ्चालन - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

महाकाली अञ्चल अस्पतालमा क्षयरोग पत्ता लगाउने मेशिन सञ्चालन



कञ्चनपुर । महाकाली अञ्चल अस्पतालले क्षयरोग पत्ता लगाउने अत्याधुनिक मेशिन सञ्चालनमा ल्याएको छ । राष्ट्रिय क्षयरोग केन्द्रले महाकाली अञ्चललाई प्रदान गरेको उक्त मेशिन संचालनमा आएको छ ।

पछिल्लो समयमा सबैभन्दा आधुनिक मेशिनका रुपमा आएको जिन एक्सपर्ट प्रविधिमार्फत जुनसुकै प्रकारको क्षयरोग पत्ता लगाई उपचार गर्न सहज हुने महाकाली अञ्चल अस्पतालका ल्याव टेक्निसियन हर्क बहादुर कुँवरले बताए ।

करिब ४० देखि ४५ लाखसम्म मूल्यपर्ने उक्त मेशिनमा निजी अस्पतालमा क्षयरोग जाँच गराउँदा बिरामीले ४ हजारदेखि ४५ सयसम्म शुल्क तिनुपर्ने भए पनि अस्पतालले निःशुल्क चेकजाँच गरिरहेको महाकाली अञ्चल अस्पताल प्रशासनले जनाएको छ ।