कैलाली सुनचाँदी व्यवसायी संघ सुखड शाखाले रक्तदान कार्यक्रम गरि दोस्रो वार्षिक उत्सव मनायो(फोटो फिचर) - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

कैलाली सुनचाँदी व्यवसायी संघ सुखड शाखाले रक्तदान कार्यक्रम गरि दोस्रो वार्षिक उत्सव मनायो(फोटो फिचर)



  ७२ प्वाइन्ट रगत संकलन

हिमाल पोस्ट
सुखड , कैलाली ।।
कैलाली सुनचाँदी ब्यवसायी संघ सुखड शाखाको दोस्रो वार्षिक उत्सवको अवसरमा सुखडमा शनिबार  रक्तदान कार्यक्रम  सम्पन भएको छ ।

कैलाली सुनचाँदी व्यवसायी संघ शाखा कार्यलयका अध्यक्ष श्याम राज बिश्वकर्माको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथी कैलाली जील्ला सुनचाँदी व्यवसायी संघका अध्यक्ष कृष्ण मान शोब रहनु भएको थियो । त्यस्तै विशिस्ट अतिथीमा कैलाली क्षेत्र नं ३ प्रदेश  सभा ‘ख’ का सदस्य अमर बहादुर साउद रहनु भएको थियो । प्रदेश सभा सदस्य साउदले कैलाली सुनचाँदी ब्यवसायि  संघ सुखडले व्यवसायका साथ -साथै समाज सेवामा पनि अग्रसर भएर लागेकोमा संस्थाको उत्तर उत्तर प्रगतिको शुभकामना दीनु भएको थियो ।

रक्तदान  कार्यक्रम बाट ७२ प्वाइन्ट रगत संकलन भएकोे कैलाली जील्ला रेडक्रस रक्त संचार केन्द्रका  इन्चार्ज धर्निधर पन्तले बताउनु भएको छ । हरेक बर्ष आफ्नो  सघंको वार्षिक  उत्सबको उपलक्ष्यमा रक्तदान कार्यक्रम आफुहरुले गर्दै आएको कैलाली सुनचाँदी ब्यवसायी संघ सुखड शाखाका अध्यक्ष स्याम राज  विश्वकर्माले बताउनु भएको छ ।  आफुहरुले दान गरेको रगतले अरु कसैको जीवननै बचाउने भएकाले आफुहरुले हरेक बर्ष वार्षिक  उत्सव कार्यक्रममा   रक्तदान गर्दै आएको सघंका सचीव दिनेश सोबले बताउनु भयो ।

” रक्तदान नै जीवन दान हो , यो भन्दा महान तथा पुन्य कर्म अरु केही काम गर्दा पनि नपाउने हुदा रक्तदान मान्छेले आफ्नो जिवनमा गरिरहेको  हुन्छ्न ” त्यसैले पनि  आफुहरुले रक्तदान  कार्यक्रम आयोजना गरेको संघका कोषाअध्यक्ष सुबास बिक्रम रसाइलीले बताउनु  भयो । आफुहरुले आयोजना गरेको रक्तदान कार्यक्रममा सम्पुर्ण  राजनैतिक  दलका नेता कार्यकर्ता , व्यापारी , समाज सेवी , स्थानीय वासी लगायत  संघमा आवद्ध सम्पुर्णले रक्तदान गर्नु भएकोमा संघका वरिष्ठ सल्लाहकार गणेश सुनारले धन्यवाद दीनु भएको थियो ।