कैलालीको सुखडमा आँखा शिबिर सम्पन्न , ५८८ जनाले गराए आँखा चेक - Himal Post Himal Post
  • २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
Logo

कैलालीको सुखडमा आँखा शिबिर सम्पन्न , ५८८ जनाले गराए आँखा चेक



विशाल पाण्डेय / सुखड ,कैलाली ।।

कैलालीको मध्यवर्ती क्षेत्रमा अवस्थित घोडाघोडी नगरपालिका – १ सुखडमा १ दिने आँखा शिबिर सम्पन्न भएको छ ।

गेटा आँखा अस्पतालको आयोजना , फ्रेड हलोज फाउन्डेसनको आर्थिक सहयोग , स्थानिय घोडाघोडी उद्योग वाणिज्य संघ तथा घोडाघोडी क्लबको सहयोगमा आज निःशुल्क आँखा शिविर तथा औषधि बितरण कार्यक्रम सम्पन्न भएको छ ।

सुखड  स्थित रास्ट्रिय उच्च मा.बि को प्राङ्गणमा  आयोजित सो शिविरबाट ५८८ जनाले आँखा जाँच गरि लाभ लिएका छन । जस मध्ये १७२ जनामा  मोतियाविन्दु , ५ जनाको मासु पलाएको , ३ जना जलबिन्दुको र १ जनालाई ट्रकोमा देखिएकाले उनिहरुलाई थप उपचारका लागि गेटा आँखा अस्पताल धनगढी लैजाने अस्पतालका बाह्य कार्यक्रम प्रबन्धक डा. रमेश चन्द्र भट्टले जानकारी दिनुभएको छ ।

आँखा परीक्षणमा मोतियाबिन्दु लगाएत समस्या देखा परेकाहरुका लागि निःशुल्क शल्यक्रिया गर्ने संस्थाको योजना अनुरुप उनिहरुलाई गेटा अाँखा अस्पतालमा लैजाने डा. भट्टले बताउनु भयो ।

शिविरमा गेटा आँखा अस्पतालका डा. रमेश चन्द्र भट्ट सहितको ११ जनाको प्राविधिक टोलीले आँखा परीक्षण गर्नु भएको थियो ।