जाडोमा बदाम खानु फाइदै फाइदा

November 17, 2017
1 Views

जाडो मौसम सुरु भएसँगै विभिन्न रोगको संक्रमण पनि बढ्ने गर्छ ।

त्यस्ता रोगका किटाणुबाट जोगिन हामी अनेक उपाय अपनाउछौं । चिसो मौसममा लाग्ने रोगहरूबाट जोगिन हामी खानपानमा विशेष ध्यान दिन्छौं । शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउने खाना, न्यानो कपडा, पानी तताएर मात्रै खानेलगायतका गतिविधि गर्छौ । यति मात्रै होइन जानी वा नजानी घाममा बसेर बदाम पनि खाने गर्छौं ।

यसरी जाडो मौसममा बदाम खानु स्वास्थ्यका हिसाबले निकै फाइदाजनक हुन्छ ।  बदामलाई कतिपय ठाउँमा मुंगफली पनि भनिन्छ । बदाममा लगभग सबै प्रकारका पोषक तत्व पाइन्छ । एलमन्ड बदाममा अझै धेरै पोषक तत्व पाइने पोषकविद्हरूको भनाइ छ । एलमन्ड बदाम अलि महंगो हुन्छ । एक सय ग्राम काँचो बदाममा एक लिटर दुधमा पाइने प्रोटिन हुन्छ ।

बदामलाई भुटेर वा काँचै खान पनि सकिन्छ । फल मात्रै होइन बदामको तेल पनि छालाका किटाणुलाई नष्ट गर्न फाइदाजनक हुन्छ ।

जानौं पोषक तत्वले भरिएको बदाम खानुको फाइदा :

आयुर्वेदिक औषधि बनाउन  बदामबाट मानव शरीरमा आवश्यक पर्याप्त प्रोटिन प्राप्त हुन्छ । आयुर्वेदमा बदामको तेलको प्रयोगले विभिन्न औषधि बनाउनमा काम लाग्छ । मुटुको लागि राम्रो  सातामा ६ दिन बदाम सेवन गर्नाले मुटु सम्बन्धी रोगको जोखिम कम गर्छ । त्यसबाहेक बदामले कोलेस्ट्रोललाई पनि नियन्त्रण गर्न मद्दत गर्छ । हड्डिलाई बलियो बनाउँछ बदाम सेवनले हड्डि बलियो हुन्छ । किनकी बदाममा पाइने क्याल्सियम र भिटामिन डीले हड्डिलाई पर्याप्त मात्रामा शक्ति प्रदान गर्छ ।

हार्मोन सन्तुलन राख्न सहयोगी  शरीरको विभिन्न प्रक्रियालाई सुचारु रुपले सञ्चालन गर्न हार्मोन उत्पादन सन्तुलित हुन जरुरी छ । नियमित बदाम सेवनले पुरुष र महिला दुबैको हार्मोन उत्पादनलाई सन्तुलित बनाइराख्छ । क्यान्सरको उपचार  बदाममा पोलीफिनोलिक नामक एन्टी–अक्सिडेन्ट पाइन्छ । यसले पेटको क्यान्सरको जोखिमलाई कम गर्छ । दुई चम्चा बदामको मक्खन सातामा एक पटक सेवन गर्नाले महिला र पुरुष दुवैमा पेटको क्यान्सरको जोखिम कम हुन्छ ।

प्रजनन क्षमता बढाउन सहयोगी  बदाममा फोलिक एसिड पाइन्छ । यसले गर्भावस्थाका बेला भ्रुणमा न्यूरल ट्युबको दोषलाई कम गर्छ । साथै यसले महिलामा प्रजनन शक्ति बढाउन पनि मद्दत गर्छ ।  (एजेन्सीको सहयोगमा)

Facebook Comments

You may be interested

जिन्दगीमा दुई कुराले ठग्यो भन्छन बैकुण्ठ र पूर्णकला ! आखिर के रैछ ?(भिडियो सहित)
मनोरञ्जन
0 shares7 views
मनोरञ्जन
0 shares7 views

जिन्दगीमा दुई कुराले ठग्यो भन्छन बैकुण्ठ र पूर्णकला ! आखिर के रैछ ?(भिडियो सहित)

himal post - २०७४, २९ मंसिर १९:०४

नेपाली लोक सांगीतिक क्षेत्रका बहुप्रतिभावान श्रष्टा तथा गायक बैकुण्ठ महत र पछिल्लो समयमा आधुनिक शैलीमा लोक दोहोरी गाउन खप्पिस गायिक…

ओली -प्रचण्ड वार्ता :अध्यक्ष वा प्रधानमन्त्री  एक नछाड्ने प्रचण्डको अडान
राजनीति
0 shares164 views
राजनीति
0 shares164 views

ओली -प्रचण्ड वार्ता :अध्यक्ष वा प्रधानमन्त्री एक नछाड्ने प्रचण्डको अडान

himal post - २०७४, २९ मंसिर १८:३१

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहालले आफूहरुबीच भएको पूर्व सहमति अनुसार…

यो हो चलचित्र ‘कृ’को ट्रेलर (भिडियो)
मनोरञ्जन
0 shares18 views
मनोरञ्जन
0 shares18 views

यो हो चलचित्र ‘कृ’को ट्रेलर (भिडियो)

himal post - २०७४, २९ मंसिर १८:२९

लामो समय देखि दर्शकले पर्खिरहेको चलचित्र 'कृ'को ट्रेलर सार्वजनिक भएको छ हेर्नुहोस ट्रेलर  https://youtu.be/aRoObj9rnn0