काँग्रेसीहरूले पढ्नै पर्ने कुरा,पढ्नु होस काँग्रेसलाई माया गर्नु होस। - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

काँग्रेसीहरूले पढ्नै पर्ने कुरा,पढ्नु होस काँग्रेसलाई माया गर्नु होस।



-कर्ण बहादुर अधिकारी 

विक्रम संबत २००३ सालमा स्थापना भएको नेपाली काँग्रेसको इतिहासको पानालाई पल्टाएर हेर्ने हो भने काँग्रेसले देश र जनताको हितमा गरेका कार्यहरू अविस्मरणीय छन्।हामी ती क्षण पलहरूलाई चाहेर पनि भुल्न सक्दैनौ।नेपाल सार्वभौम सम्पन्न राष्ट्र भएता पनि नेपाली जनतालाई रैतीको हैसियतमा राखी चरम दमन गरेर शासन गरेका राणा शाशकका विरुद्धमा विक्रम संबत १९९७ सालबाटै केही वीर पुरुषहरू जागरुक भएर अगाडी बढेता पनि सङ्गठन बलियो नहुँदा लखन थापा देखि गंगालाल,दशरथ चन्द्र,धर्म भक्त र शुक्रराजलाई चरम यातना दिई मृत्युदण्ड दिएका थिए।यसरी दमनमा परेका नेपाली नागरिकलाई रैतीबाट जनता बनाउने काममा नेपाली काँग्रेसको नामले स्थापना भएको पार्टी नेपाली काँग्रेसले राजा त्रिभुवन सँग सहकार्य गरी नेपाली जनताको उद्धार गरेका कुरा हामी इतिहासका सुनौला पानाहरूमा पाउँदछौ।राणा शासकको अन्त्ये सँगै २००७ सालमा स्थापना भएको प्रजातन्त्र पश्चात् नेपाली जनताको हक हितका लागि जन निर्वाचित प्रधानमन्त्री महामानव बीपीले खेलेका भूमिकालाई हामी भुल्न सक्दैनौ।

बिपी कोइरालाको पहलमा पहिलो पटक २०१२ सालमा संविधान सभा मार्फत जनताको हक हितका लागि संविधान तयार गर्नु पर्छ भन्ने नारा लिएर राजालाई दबाब दिने पार्टी पनि काँग्रेस नै हो।२०१५ सालमा काँग्रेसकै मातहातमा सरकार गठन भए पश्चात् गाउँ गाउँमा विद्यालय,बिर्ता उन्मुलन लगायतका जनमुखी काम काँग्रेसले नै गरेको थियो।हुर्कँदै गरेको प्रजातन्त्रले फुल खेल्न नपाउँदै २०१७ सालमा राजा महेन्द्रले दलहरू माथि नै प्रतिबन्ध लगाउँदै एक दलीय पंञ्चायति व्यवस्था लागु गराए सँगै राजनीति दलका नेताहरूलाई जेल हाल्ने काम सुरु भएको थियो।२०१७ साल देखि २०३६ सालको जनमत सङ्ग्रह हुनु अगाडी नेपाली काँग्रेसका नेता कार्यकर्ताले भुमिगत र अर्ध भुमिगत भएर हतियार सहित या हतियार रहित गरेका क्रान्तिहरू अझै पनि हामी भुल्न सक्दैनौ।२०३० सालको सेरोफेरोमा काँग्रेसका माहान नेता स्वर्गीय सुशील कोइरालाको कमाण्डमा विमान अपहरण पनि भएकै हो।त्यो केवल पंचायत र राजाका विरुद्धमा उठाइएको कदम थियो।२०३६ सालको जनमत सङ्ग्रहको माग पनि काँग्रेसले नै गरेको थियो।

जनमत सङ्ग्रह भए पनि जीत भने एकदलीय पंचायति व्यवस्थाले नै हात पार्‍यो।काँग्रेसले कुनै पनि आन्दोलनमा सरकारबाट भएको दमनबाट बिचल्लित नभई अगाडी बढी रह्यो जब २०३९ सालमा हामीले हाम्रा राजनीति धरोहर महामानव बिपीलाई गुमायौ त्यस समय काँग्रेस एकदमै बिचल्लित पनि भयो।बीपीको स्वर्गबास भए सँगै काँग्रेसको नेतृत्व गिरिजा बाबु,गणेशमान,कृष्ण प्रसाद भट्टराईको मातहातमा गए सँगै एकता बद्ध भई २०४२ सालको सत्याग्रहको आन्दोलन पनि काँग्रेसले नै गर्‍यो त्यस लगतै ४ वर्ष भित्र २०४६ सालमा कम्युनिस्ट नेताहरूसँग सहकार्य गर्दै विशाल जनआन्दोल भयो।आन्दोलन सफल पनि भयो नेपालबाट एकतन्त्रीय निरङ्कुश पञ्चायति व्यवस्थाको अन्त्ये हुँदै बहुँदलीय व्यवस्था लागु भयो।२०४६ सालको जन आन्दोलनमा मेरो व्यक्तिगत कुरा गर्नु हुन्छ भने म जम्मा १० वर्षको मात्र थिए यो भन्दा अगाडीका कुराहरू सबै अरूको मुखबाट सुनेर र किताबका पानाहरूबाट पढे पनि ४६ साल पछि भने नेपाली राजनीति कालखण्डको बस्तु स्थितिहरूलाई प्रत्येक्ष रूपमा हेर्ने अवसर मिलेको थियो।

२०४७ सालको संविधान बने पश्चात् काँग्रेसकै तर्फबाट सरकार गठन भयो।काँग्रेसले सरकार बनाएको अवस्था सम्म देशमा स्वास्थ्य,शिक्षा,बिजुली,खानेपानी,सडकहरू थोरै मात्रमा औलामा गन्न सक्ने अवस्थामा थियो।काँग्रेस सरकारमा गएसँगै विकास निर्माणका कार्यहरूले निरन्तरता पाउन थाल्यो।गाउँगाउँमा सडक,विद्यालय, क्याम्पस,हात हातमा मोबाइल,अधिकांश ठाउँमा बिजुली,लाखौँ युवालाई वैदेशिक रोजगारी,मेलम्ची खानेपानी आयोजना ठुला ठुला विधुत गृह गाउँ गाउँमा स्वास्थ्य केन्द्र,जिल्ला जिल्लामा एफ एम,टिभी स्टेसनहरूका लागि सञ्चार क्षेत्रमा विकास काँग्रेस सरकारको पालामै भएको हो। खुल्ला अर्थ नीति काँग्रेसकै सरकारले ल्याएकै कारण देशले कर सङ्कलनबाट खर्बौ रुपैयाँ सङ्कलन गर्न सफल भएको थियो।यसरी अगाडी बढेको काँग्रेसलाई काँग्रेस भित्रैबाट बिचलन ल्याएर गिरिजा बाबुले काँग्रेसको सरकारको पालामा मध्यबधि चुनाव गराएर पार्टी टुक्रिन बाध्य बनाएका थिए।त्यसै बेला देखि काँग्रेस भित्र चरम गुटबन्दीले प्रशय पाएको थियो र त्यो गुटगत राजनीति अझै पनि जारी छ।धेरै लामो समय सम्म पनि ६०/४० को प्रथा काँग्रेस भित्र चली रहेको छ।विगतमा गिरीजाबाबुबाट गणेशमान सिंह र कृष्ण प्रसाद भट्टराई पनि उत्पीडनमा परेकै थिए।

२०५२ देखि ६२ साल सम्म माओवादी जनयुद्धले देश तहसनहस बनाए सँगै काँग्रेसीहरूको उठीबास लगाउने देखि हत्या गर्ने अपाङ् बनाउने काम गर्‍यो।जङ्गल पसेकाहरूलाई प्रतिनिधि सभामा तानेर ल्याउने काम काँग्रेस र गिरिजा बाबुले गरेका थिए।२०६२/६३ सालको लोकतान्त्रिक आन्दोलन काँग्रेसकै लिडर सीपमा भएको थियो भने राजतन्त्रको अन्त्ये पनि गिरिजा बाबुको डिजाइनमा भएको थियो।पहिलो संविधान सभाको चुनावबाट संविधान निर्माण नभए पछि २०७० सालको संविधान सभा चुनावमा काँग्रेस नेपालको पहिलो पार्टी बन्न सफल भयो र काँग्रेसकै सरकारको पालमा स्वर्गीय सुशील कोइरालाको मातहातमा रहेको सरकार र जननिर्वाचित सभासद् सांसदहरूको पहलमा २०७२ साल असोजमा देशले नयाँ संविधान पायो।त्यो नेपाल र नेपालीको लागि गौरवको कुरा पनि थियो।

यसरी देश र जनताको हितका लागि काम गर्दै आएको काँग्रेसका केही सीमित नेताहरूको स्वार्थका कारणले देश र जनताको हित विपरीत केही कमी कम्जोरी भएकै हो।काँग्रेसले हल्का रूपमा कमी कम्जोरी देखाउनु,जनताको मन जित्न नसक्नुका कारण समयानुकूल जनताको मन भावना बुझ्दै माओवादी र एमालेले पार्टी एकिकरण गर्ने छौ भन्दै बाम गठबन्धनका नाममा जनता माझ पुगी जनतालाई भ्रमको खेती छर्दै स्थानीय तह र प्रदेश तथा प्रतिनिधि सभा चुनाव २०७४ मा विजय हासिल गरी नेपाली काँग्रेसलाई दोस्रो दलमा स्थापित गराई दिए।वर्तमान अवस्थामा देशमा माओवादी र एमालेको सरकार बनेको छ भने काँग्रेस दरो प्रतिपक्षमा बस्ने भएको छ।नेपाली काँग्रेसको आन्तरिक द्वन्द र बाम गठबन्धन मजबुत भएकै कारण गम्भीर हार ब्यहोर्नु परेको हो।व्यक्तिगत स्वार्थबाट मात्र माथि उठ्न सकेको खण्डमा काँग्रेस पुन:नेपालको पहिलो पार्टी बन्न सक्छ भन्नेमा दुई मत नै छैन।तसर्थ निष्ठाले राजनीति गर्नु होस्।

लेखक नेपाली जनसम्पर्क समिति मकाउका महामन्त्री हुन्।