राजनितिको शिकार बन्दै बिदेशिएका नेपाली

November 29, 2017
1 Views

किङ खनाल

प्रत्येक दिन करिब दुई हजारको हाराहारीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा लाइन लागेर नेपाली युवा बिदेशिन्छन । यो मध्ये देशमा रोजगारीको समस्या भएकै कारण नेपाल छोड्नेको सङ्ख्या अत्यधिक हुन्छ । यसमा कतिपय उच्च शिक्षाका लागी भनेर उडछन् तर, उनीहरूको पनि भित्री मनसाय पैसा कमाउने नै हुन्छ ।

खेत बारी बन्दकी राखेर, गाउँका ठालुहरुको महँगो ब्याजको पैसा काडेर, म्यानपावरको ढोकामा दर्जनौ पटक धाएर, परराष्ट्र मन्त्रालयमा दलाललाई पैसा खुवाएर, चर्को घाममा लाइन लागेर पासपोर्ट बनाएर युद्ध जितेजस्तै गरी विमानस्थल पुग्दा बा-आमा, घर-परिवार, आफन्त र साथीभाईलाई सम्झेर विदेशीनुको पिडा कम्ता दु:खदाई छैन । विदेश पुगेपछि पनि कम्पनीमा भनेजस्तो काम नपाएको पिडा, समयमा तलब नपाएको पिडा, घर-परिवारसँग समयमा सम्पर्क गर्न नसकेको पिडा र यस्ता दर्जनौं पिडा सहेर कमाएको २-४ पैसा नेपाल पठाउँदा पनि त्यै रेमिटान्सले देश चल्छ ।

करिब ४५ लाख देशको भाग्य कोर्ने युवा जमात विदेशीएका छन्, त्यो मध्ये अधिकांश युवा खाडी मुलुकमा छन्, खाडीमा हुने नेपालीहरूका पिडा कहेर साध्य छैन । बिदेशीएका मध्ये कतिपय काम र साहुको किचकिच सहना नसकेर आत्महत्या गरेका घटना दिनहुँ जसो सुनिन्छ । कतिपय अङ्ग भङ्ग भएर फर्केको हाम्रा आफ्नै आँखाले देखिन्छ । कैयौँ नेपालीहरू नेपालीबाटै ठगिन्छन त कयौँ त्यहींका ठगहरुबाट । यतिमात्र होइन नेपालीहरुबाट बेलाबेलामा विभिन्न पार्टीले सङ्गठन बिस्तार गर्ने बहानामा लेबी, सहयोग, चन्दा र सदस्यता शुल्क लिन्छन । त्यहाँका सङ्गठनका नाममा पार्टीहरूले राजनीति गर्छन् तर, ती नेपालीका पिडामा साथ भने कहिल्यै दिन सक्दैनन ।

जब चुनाव आउँछ तब नेताका नारा बन्छन बिदेशिएका नेपाली, जब पार्टी चलाउन चन्दा चाहिन्छ तब गरिन्छ बिदेशिएका नेपालीले पठाएको रेमिटान्सको भाषण, जब नेपालमा कुनै ठुलै दलालले प्लटिंग गर्छ घडेरी बेच्नुपर्ने हुन्छ, तब गुन्जिन्छ परदेशिएका नेपालीको नाममा भजन, जब एनआरएनको चुनाव नजिक आउँछ तब मिठा मिठा बोलीका परिकार बन्छन नेपाल बाहिर रहेका नेपाली ।

कामकै लागी विदेशिने हाम्रोदेशमा मात्र होइन, प्राय सबैजसो देशका युवाहरू आफ्नो देश छाडेर विदेशी भूमिमा कामकोलागी वा बसोबासको सिलसिलामा जान्छन, फरक यत्ति हो कि हाम्रो जनसङ्ख्याका आधारमा विदेशिनेको रेसियो अलि बढी छ । हाम्रा दुई ठुला छिमेकी राष्ट्र चिन र भारतका पनि लाखौँ युवाहरू विदेशी भूमिमा काम गर्छन् । खाडी राष्ट्रमा पनि भारतीय मूलका युवा र चाइनिज युवाहरू प्रसस्तै काम गर्छन् । तर उनीहरु र नेपालीमा फरक छ, उनीहरूले पाउने पारिश्रमिक र नेपाली कामदारले पाउने पारिश्रमिक फरक छ ।

किन फरक छ पारिश्रमिक ?

खास गरी सत्तामा पुग्दा सम्बन्धित मन्त्रालय हेर्ने नेताको पहिलो भाषण बन्छन विदेशमा बस्ने नेपाली तर, कहिलेपनि उनीहरूको समस्या समाधान तर्फ पाइला चाल्दैनन उनीहरू । कतिपय नेताले नगर्न खोजेका पनि होइनन तर मिशन बिचमै तुहिन्छ । बिदेशिएका नेपालीहरूको नाममा राजनीति बाहेक अरू उल्लेखनीय काम केही गर्न सकेका छैनन् यहाँका दल र दलका नेताहरूले । देशका उच्च पदस्थ नेताहरू कैयौँ पटक विदेश भ्रमणमा जान्छन तर, पारिश्रमिक बढाउने सवालमा कुरा सम्म उठाउन सक्दैनन । खाडी मुलिकमा सबै भन्दा कम पारिश्रमिक पाउने सूचीमा नेपाल पर्छ । अन्य देशहरूले राजनीतिक र कुटनीतिक तबरबाट आफ्ना देशका कामदारले बढी पारिश्रमिक पाउने गरी बेलाबेलामा सम्झौता परिवर्तन गरिरहेका हुन्छन्, नेपालले भने यसको पहल सम्म गर्न सक्दैन ।

त्यतिमात्र होइन त्यहाँ रहेका दूतावास र राजदुतहरुले यो विषयलाई उठाउने गरेका छैनन् । धेरै देशमा भएका नेपाली दूतावास त नाम मात्रका दूतावास छन् जहाँ परेको बेला नेपालीले सहयोग सम्म पाउंदैनन । कतिपय त भन्छन् नेपाली दूतावास र नेताहरूले सम्बन्धित देशसंग पारिश्रमिक सम्झौता नगरेर त्यो कमिसन नेता र दूतावासले लिन्छन, यधपी यसको प्रमाण भने कसैले ल्याउन सकेको छैन तर, विभिन्न देशहरूले केही वर्षको अन्तरालमा हाम्रो देशलाई पनि पारिश्रमिक बढाउने सम्झौता गर्न बोलाएका पनि छन् । सम्झौता नहुनु र झिनो रकम बढाएर सम्झौता गरिनुले उनीहरूले कमिसन लिन्छन भन्ने कुरा शङ्काको घेराभित्र छ ।

बिदेशिएका केही नेपालीहरू निकै राजनीतिक भैसकेका छन्, विभिन्न देशमा रहेका नेपालीले खोलेका सङ्घ संस्था गन्ने हो भने हज्जारौंको सङ्ख्या होला । धेरैजसो सङ्घ संस्थाहरू राजनीति गर्नाकैलागी, नेपालका पार्टीहरूलाई चन्दा सङ्कलन गर्नकै लागि व्यस्त हुन्छन् । उनीहरू कहिले पनि नेपाली कामदारको सहयोगी बन्न सकेका छैनन् । न त ती तमाम सङ्घ संस्थाहरूले पारिश्रमिकको विषयमा दूतावास, त्यहाँको सरकार र नेपाली नेताहरूलाई लबिंग गर्न सक्छन् न त यो विषयलाई जोडदार रूपमा उठाउन सक्छन् । उनीहरूले केही गर्छन् भने नेपाली कलाकारहरुलाई बोलाएर कार्यक्रम गर्छन्, महँगोमा नेपालीलाई टिकट बेच्छन, २-४ ओटा फोटो खिचेर फेसबुक र ट्वीटर रंगाउंछन् ।

यसरी बाध्यताले वा नियतिले विदेशीएका नेपालीहरु माथि दशकौं देखि राजनिति भैरहेको छ । दिनदहाडै उनीहरु लुटिएका छन । अब त बानि भैसक्यो सबैलाई उमेर पुगेपछि विदेश जाने ।

अहिलेको चुनावमा पनि सबैजसो दलले बडो जोडतोडले फलाक्दै छन विदेशीएका नेपाली हामि फर्काउंछौ भन्दै तर यो केवल भोटका लागि गरिएको प्रपंज मात्र हो । यस्ता झुट बोल्ने नेपाली राजनीतिको संस्कार भैसक्यो र यी नाराले असर पनि गर्न छाडिसके नेपालीले । धेरै खाएपछि चिनी पनि तितो हुन्छ भनेझै अब भोटकालागी गरिएका यी र यस्ता नारा हामीलाई पच्न छाडिसके ।

कृपया पशुपतिनाथ अब प्रदेशिएका नेपालीलाई नेपाल फर्काउन सहयोग गर्नुहोस ।

Facebook Comments

You may be interested

बारामा फोरमको विजय जुलुसमा गोली चल्यो, चार प्रहरी घाइते
समाचार
0 shares2 views
समाचार
0 shares2 views

बारामा फोरमको विजय जुलुसमा गोली चल्यो, चार प्रहरी घाइते

विशाल पाण्डेय - २०७४, २७ मंसिर २०:३५

सिमरा, बारा (रासस) । बाराको क्षेत्र नम्बर २ अन्तर्गत पचरौता नगरपालिका–२ बेल्दारीमा संघीय समाजवादी फोरमले आज विजय जुलुस मनाउने क्रममा…

कसरी बन्छन् केन्द्र र प्रदेश सरकार ? जान्नुहोस !
समाचार
0 shares3 views
समाचार
0 shares3 views

कसरी बन्छन् केन्द्र र प्रदेश सरकार ? जान्नुहोस !

विशाल पाण्डेय - २०७४, २७ मंसिर २०:२७

काठमाडौं ।। चुनावबाट प्रत्यक्षतर्फ १ सय ६५ जना र समानुपातिकतर्फ १ सय १० गरी संघीय संसदमा जम्मा २ सय ७५ जना…

जनताले क्रान्तिकै शैलीमा अभिमत प्रकट गरे:ओली
राजनीति
0 shares2 views
राजनीति
0 shares2 views

जनताले क्रान्तिकै शैलीमा अभिमत प्रकट गरे:ओली

himal post - २०७४, २७ मंसिर १९:०८

भक्तपुर – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत २१ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा जनताले ‘अभिमतको…