बौनियामा १ दिने निशुल्क आँखा शिबिर सम्पन्न - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

बौनियामा १ दिने निशुल्क आँखा शिबिर सम्पन्न



७ सय ५० जनाले आँखा चेकजाँच गराए 

गोबिन्द बीसी
बौनिया कैलाली । “स्वास्थ आँखा उज्यालो भविस्य” भन्ने नारा सहित १ दिने निशुल्क आँखा शिबिर कैलालीको बर्दगोरिया गाउँपालिका वडा न- १ बौनियामा आज सम्पन्न भएको छ ।

बौनिया स्थित बसन्त मुरारी माध्यमिक विद्यालयमा आखा शिबिर संचालन गरिएको हो । जनउत्थान सामुदायिक लघुबित्त बिकास बैंकको ८ औं वार्षिक उत्सवको अवसरमा शिबिर संचालन गरिएको बताइएको छ ।

बर्दगोरिया गाउँपालिका कार्यालय, नेत्रालय आखा अस्पताल धनगढी र जनउत्थान सामुदायिक लघुबित्त बिकास बैंक लिमिटेड मुडाको संयुक्त आयोजनामा कार्यक्रम गरिएको नेत्रालय आँखा अस्पताल धनगढीका प्रशासन प्रमुख त्रलोक्यनाथ पाण्डेले बताउनुभयो ।

ग्रामीण स्तरमा रहेका आँखा सम्बन्धि बिरामीको उपचारका लागि शिबिर संचालन गरिएको उहाले बताउनुभयो । शिबिरमा ५ सय ६० महिला र १ सय ९० पुरुष गरि ७ सय ५० जनाले आखाको चेकजाँच गरेका छन् । जसमध्ये १ सय ५७ जनाको सल्यक्रिया गर्नुपर्ने र ५ सय ९३ जना सामान्य अवस्थाका बिरामीलाई औषधि र चस्मा दिइएको बताइएको छ ।

शिबिरमा आखाको मासु पलाएको, जलबिन्दु र मोतिबिन्दु लगायतका बिरामीको उपचार गरिएको छ । नेत्रालय धनगढीका मोतिबिन्दु तथा नानी प्रत्यारोपण विशेषज्ञ डाक्टर विद्याप्रसाद पन्त सहित १५ जनाको टोलीले बिरामीको चेकजाँच गर्नुभएको हो । यसअघि नेत्रालय अस्पताल धनगढीले कैलालीको पुनर्वास, हसुलिया, धनगढी उपमहानगरपालिका-७ मनियापुर र महेन्द्रनगरको बेदकोट धर्मपुरमा शिबिर संचालन गरि आँखा उपचार गरिएको उहाले जानकारी दिनुभयो ।

शिबिरबाट सल्यक्रिया गर्नुपर्ने बिरामीको पनि नेत्रालय अस्पताल धनगढीमा निशुल्क अप्ररेशन गरिने र आउन-जान एम्बुलेन्स सेवा समेत दिइने प्रशासन प्रमुख पाण्डेले जानकारी दिनुभएको छ ।