देशैभरि सुपथ मूल्यका तरकारी तथा फलफूल पसल पनि सञ्चालन गरिने :आपूर्ति मन्त्रालय - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

देशैभरि सुपथ मूल्यका तरकारी तथा फलफूल पसल पनि सञ्चालन गरिने :आपूर्ति मन्त्रालय



७ असोज, काठमाडौँ,। आउँदै गरेको दसैं, तिहार र छठ पर्वलाई लक्षित गरी आपूर्ति मन्त्रालयले देशैभरि सुपथ मूल्यका तरकारी तथा फलफूल पसल सञ्चालन गर्ने भएको छ ।

आपूर्तिमन्त्री दीपक बोहोराको अध्यक्षतामा तरकारी तथा फलफूल व्यवसायी समेतको बसेको बैठकले उक्त निर्णय गरेको हो ।

चाडबाडलाई लक्षित गरी हाल काठमाडौँ उपत्यका र उपत्यका बाहिर सञ्चालन भएको खाद्य सामग्रीको सुपथ मूल्य पसलसँगै तरकारी तथा फलफूलको पसल सञ्चालन गरी उपभोक्तालाई थप सुविधा पु¥याउने मन्त्रालयबाट जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यही असोज १ गतेदेखि काठमाडौँ उपत्यकामा १२ र बाहिर २३ गरी ३६ सुपथ मूल्यका पसल सञ्चालनमा छन् । उक्त पसल मन्त्रालयको सहकार्यमा तरकारी तथा फलफूल व्यवसायीले गर्नेछन् ।

ओन्लाइनखबर्