कलियुगका द्रौपदी, जसका हुन्छन् ८ जनासम्म लोग्ने - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

कलियुगका द्रौपदी, जसका हुन्छन् ८ जनासम्म लोग्ने



महाभारतको कथामा पाण्डवकी संयुक्त पत्नी द्रौपदीलाई पांचाली पनि भनिन्छ । यसको कारण द्रौपदीका पाँच जना पाण्डव पति थिए । त्रेतायुगको त्यो कथा जहाँ एक महिलाका पाँच जना पति हुन्छन् त्यो समेत अहिले पत्याउन गाह्रो पर्छ । तर यो कलि युगमा द्रौपदी भन्दा पनि अझै कडा महिला निस्किएका छन् । जसका ५ होइन ८ जना सम्म लोग्ने हुन्छन् ।

भारतको मध्यप्रदेश र राजस्थानको सिमानामा रहेको एक गाउँमा केटीहरुको अभावका कारण परिवारका ८ जनासम्म दाजुभाइले एउटै श्रीमती साझेदारी गर्न बाध्य भएका भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

यस्तो अनौठो प्रथा विद्यमान रहेको गाउँको नाम हो मुरैना गाउँ । जहाँ एक महिलाले परिवारका सबै दाजुभाइसँग बिहे गर्छिन् र सबैको साझा दुलही बन्दछिन् ।

बिहेपछि महिला पालो पालो गरेर आफ्ना सबै लोग्नेसँग बस्दछिन् । साँच्ची निकै अप्ठेरो लाग्छ सुन्दा । यो कुनै खुसियालीमा होइन, बाध्यतामा गरिएको हुन्छ । गाउँमा बिवाह गर्नका लागि बेहुलीहरुको अभाव छ । तथा बिहे गर्ने उमेरका केटाहरुको संख्या भने पहिले देखि नै बढि हुँदै आएको छ । जसका कारण यस्तो बहुपति प्रथा परम्परागत रुपमै चल्दै आएको छ । जस अनुसार परिवारमा जति दाजुभाइ भएपनि एउटै साझा श्रीमतीसँग बिहे गर्दछन् । ती श्रमितीमा सबै भाइको बराबर हक लाग्दछ ।

गाउँमा विरलै परिवार मात्र यस्ता छन् जसमा महिलाका केवल एक जना मात्र लोग्ने छन् । पछिल्ला केही वर्षयता भएका विवाहमा युवतीहरुले एकमात्र लोग्नेसँग बिहे गर्नै पाएका छैनन् । कतिपयका त ८ जनासम्म पति छन् ।