भिआइपी २५ जुवाडे छुटे लगत्तै फेरी पक्राउ - Himal Post Himal Post
  • २६ जेष्ठ २०८३, मंगलवार
  •      Tue Jun 9 2026
Logo

भिआइपी २५ जुवाडे छुटे लगत्तै फेरी पक्राउ



काठमाडौं- साेमबार जिल्ला प्रशासन कार्यालयले धराैटीमा छाडेका हाइ प्राेफाइल जुवाडेलाई रिहा गरे लगत्तै प्रहरीले पक्राउ गरेकाे छ।
२ करोड ६७ लाख नगदसहित पक्राउ परेका उनीहरूलाई सम्पत्ति शुद्दिकरण अनुसन्धान विभागकाे पत्रका आधारमा पक्राउ गरिएको हो।

उनीहरूलाई विभागमा उपस्थित गराइने प्रहरीले जनाएकाे छ। प्रहरीका अनुसार पक्राउ परेका २५ जनालाई मंगलबार विभागलाई बुझाउने छ ।

कार्तिक ९ गते राती छापा मारेर महाराजगञ्ज पिपलमार्गमा रहेको विक्रम गौतमको घरबाट २५ जना जुवाडे पक्राउ गरेको थियो। पक्राउ परेका २५ जुवाडेहरुमा क्यासिनो किङका रुपमा चिनिएका बले भनिने बलराम सापकोटा सहित सोभित सिलवाल, प्रदीप बोगटी, रामकृष्ण केसी, इन्दु श्रेष्ठ, रञ्जन राजबंशी, सीताराम खड्का, रोशन तामाङ, राम तामाङ, कृष्ण भण्डारी, सुमन गुरुङ, सुमन अग्रवाल, सोदेल कार्की, पवन अग्रवाल, पवित्रकुमार कार्की, मुक्ति लामा, भक्त तामाङ, शम्भु बुढाथोकी, प्रेम थापामगर, अशोक श्रेष्ठ, हलामप्रसाद पराजुली, बुद्ध लामा, थम्कु शेर्पा र नवाङ लामा हुन्।

महाराजगन्जको साम्बाला होटेलपछाडि सञ्चालित जुवाको खालमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।