बुटवलमा १३ जना थुनुवामा कोरोना संक्रमण - Himal Post Himal Post
  • २२ मंसिर २०८२, आईतवार
  •      Sun Dec 7 2025
Logo

बुटवलमा १३ जना थुनुवामा कोरोना संक्रमण



बुटवल- प्रहरी हिरासतमा रहेका थुनुवामा कोरोना देखिएको छ ।

ईलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा राखिएका १३ जना थुनुवामा कोरोना सङ्क्रमण पुष्टि भएको रुपन्देहि प्रहरी प्रवक्ता डिएसपि खड्क बहादुर खत्रिले जानकारी दिए ।

उक्त थुनुवा कक्षमा २७ जना अभियुक्त थिए । डिएसपि खत्रिले भने, ‘हिरासतमा २७ जना अभियुक्त थिए । सबैको पिसिआर चेकजाच गर्दा १३ जनामा पोजिटिभ देखिएको छ ।’

यसअघि इलाका प्रहरी कार्यालयमा रहेर मुख्यमन्त्री शङ्कर पोखरेलको एस्कोर्टिङमा खटिएका तीन जना प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

लगत्तै इलाका प्रहरी कार्यालयका अन्य प्रहरी र हिरासतमा रहेकाको समेत स्वाब सङ्कलन गरी परीक्षण गरिएको थियो । ईप्रकाका अन्य प्रहरी कर्मचारिको भने कोरोना चेकजाच गरिएको छैन ।