तरुण दल महासचिव लागे ‘कांग्रेस जिताउने’ अभियानमा - Himal Post Himal Post
  • २६ जेष्ठ २०८३, मंगलवार
  •      Tue Jun 9 2026
Logo

तरुण दल महासचिव लागे ‘कांग्रेस जिताउने’ अभियानमा



काठमाडौं । नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले ‘तरुण निर्वाचन यात्रा २०७६’ सुरु गरेका छन्।

आइतबार सुरुवात गरिएको अभियान भक्तपुर– १ ‘क’ बाट सञ्चालन गरेका हुन् । उनले भक्तपुरबाट सुरु गरिएको अभियानअन्तरगत पोखरा, बाग्लुङ, चितवन, दाङ हुँदै बाँकेको कोहलपुरसम्म चुनावी प्रचारप्रसार गरिने बताएका छन् ।

तरुण युवाहरुको टोलीले विभिन्न निर्वाचन क्षेत्रमा कांग्रेसका उमेदवारहरुको समन्वयमा चुनावी प्रचार, र्याली, घरदैलो, सभा, युवासँग अन्तरक्रिया, मतदातासँग अन्तरसंवाद लगायतका कार्यक्रमहरु सञ्चालन गर्ने महासचिव शाहीले जानकारी दिए ।

“कम्युनिस्ट सरकारको भ्रष्टाचार, अधिनायकवाद, लम्पसारवाद, नालायकीपनका विरुद्ध कांग्रेसका उमेदवारलाई विजयी गराउन यो अभियान सञ्चालन गरिएको हो,” उनले भने, “भ्रष्टाचार, कुसासन, निरंकुशता, महंगीका विरुद्ध यो उपनिर्वाचनमा कांग्रेसलाई विजयी गराउनुको कुनै विकल्प छैन ।”

महासचिव शाहीले तरुण दलमा आवद्ध युवा र लोकतन्त्रमा आस्था राख्ने सबैलाई ‘कांग्रेस जिताऔं अभियान’ मा सक्रियतापूर्वक सहभागी हुन अपिलसमेत गरेका छन् ।