सिमा मिचिएकाबारे सेनाको कदम - Himal Post Himal Post
  • २६ जेष्ठ २०८३, मंगलवार
  •      Tue Jun 9 2026
Logo

सिमा मिचिएकाबारे सेनाको कदम



काठमाडौं- भारतको नयाँ राजनीतिक नक्साबारे जंगीअड्डामा गहन छलफल भएको छ।

नेपाली भूभागलाई भारतको नक्सामा पारेको विषयमा दल, नागरिक समाज, बौद्धिक वर्ग र सर्वसाधारणबीच छलफल बढेपछि नेपाली सेनाले चासो देखाएको हो।

प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली भूमि रक्षामा सुरक्षाकर्मी चुक्न नहुने भन्दै अन्य सुरक्षा निकाय प्रमुखसँग छलफल चलाएको खबर आजको अन्नपूर्ण पोस्टमा चन्द्रशेखर अधिकारीले लेखेका छन्।

लिम्पियाधुरा, कालापानी र लिपुलेकमा पाँच दशकदेखि भारतीय सुरक्षाकर्मीको उपस्थिति रहेकामा कसरी फिर्ता पठाउने भन्नेबारे जंगीअड्डामा बहस भएको सैन्य स्रोतले बताएको छ।