सबैलाई पेन्सन दिने योजनामा साथ् दिनुहोस: श्रममन्त्री विष्ट - Himal Post Himal Post
  • २६ जेष्ठ २०८३, मंगलवार
  •      Tue Jun 9 2026
Logo

सबैलाई पेन्सन दिने योजनामा साथ् दिनुहोस: श्रममन्त्री विष्ट



काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले लागू गरेको सामाजिक सुरक्षा योजना सबैलाई पेन्सन दिने योजना भएकोले सबै पक्षले साथ् दिनुपर्ने बताएका छन् ।

मन्त्री विष्टले हरेक श्रमिकको जोखिमलाई कम गर्ने भएकोले यो अभियानमा सबैको साझा सहयोग आवस्यक भएको बताए । साथै उनले यस्ता योजनालाई टेवा पुर्याउन सबै पक्षलाई आह्वान समेत गरे ।

शनिबार काठमाडौंमा आयेाजित एक कार्यक्रममा बोल्दै मन्त्री विष्टले नागरिकको जीवनस्तर सुधार गर्ने उद्देश्यका साथ लागू गरिएकोले सम्बन्धित सबै पक्ष यसमा आवद्द हुनुपर्ने औंल्याए ।

उनले भने, ‘सरकारले अघि बढाएको सामाजिक सुरक्षाको योजनालाई सफल बनाउन सबैको साझा प्रयास हुन जरुरी छ,’ मन्त्री विष्टले भने,’आम नागरिकको जीवनमा सुधार ल्याउने यस्ता खालका कार्यक्रममा सरकारलाई साथ दिनु सम्बन्धित सबै पक्षको दायित्व पनि हो ।’

गत साउन १ गतेबाट कार्यान्वयनमा ल्याइएको सामाजिक सुरक्षा योजनामा करिव १३ करोड निक्षेप संकलन भएको छ ।