गायक हेमराज थापा र सोनु कुश्मीको 'साली भनौला' सार्वजनिक (भिडियो सहित) - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

गायक हेमराज थापा र सोनु कुश्मीको ‘साली भनौला’ सार्वजनिक (भिडियो सहित)



विशाल पाण्डेय / कैलाली ।
नेपाली गीत सङ्गीतमा पछिल्लो समय निकै नै चर्चामा आएका गायक तथा मोडल हुन् हेमराज थापा (बाबुराजा) । उनको एक पछि अर्को म्युजिक भिडियोहरु सार्वजनिक भइ सफलता पनि प्राप्त गरिरहेका छन् ।

यसै क्रममा गायक हेमराज थापाले ‘साली भनौला’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । मंगलबार ओपेरा म्युजिक युट्युव च्यानल मार्फत उक्त म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।

लामो समयदेखि पत्रकारिता क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल संचारकर्मी प्रकाश मिश्रको शव्द तथा गायक हेमराज थापाको संगित तथा स्वरमा सजिएको उक्त गितमा सोनु कुश्मिको आवाजले झन सुनमा सुगन्ध थपेको छ । गितमा अहिलेका चर्चित र्‍यापर राजेन्द्र भट्ट (Mr. Rj) को र्‍याप रहेको छ भने पुष्कर सुनारले एरेन्ज भरेका छन् ।

चर्चित निर्देशक बिक्रम चौहानको निर्देशन रहेको उक्त म्युजिक भिडियोमा सुहन सेट्टी र निशा पुरिको अभिनय देख्न सकिन्छ । म्युजिक भिडियोको सम्पादन मिलन विश्वकर्माले गरेका छ्न भने छायांकन प्रकाश खड्काले गरेका हुन् ।

संचारकर्मी प्रकाश मिश्रले अहिलेको युवा पुस्ताहरुले रुचाउने खालको गित तथा म्युजिक भिडियो रहेकोले आफू एकदमै आशावादी रहेको बताए । मेला महोत्सबमा कार्यक्रम चलाउने बेला मंचमा भन्ने गरेको शब्द लाई गितमा ल्याएको बताउदै मिश्रले यो गितलाई सबैले माया गर्नुहुन्छ भन्नेमा आफू ढुक्क रहेको बताए । “साली भनौला” गित तथा म्युजिक भिडियोले के केति सफलता पाउछ त्यो हेर्न भने केहिदिन कुर्नै पर्ने हुन्छ । उक्त गित तथा म्युजिक भिडियोले सफलता पाओस् हाम्रो पनि शुभकामना ।

भिडियो हेर्नुहोस :