मेसीको ह्याट्रिक, बार्सिलोना र रियलको सानदार जित - Himal Post Himal Post
  • २६ जेष्ठ २०८३, मंगलवार
  •      Tue Jun 9 2026
Logo

मेसीको ह्याट्रिक, बार्सिलोना र रियलको सानदार जित



एजेन्सी : स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा स्पेनिस महारथी क्लब बार्सिलोना र रियल मड्रिडले आ-आफ्ना खेलमा प्रभावशाली जित निकालेका छन्। साविक विजेता बार्सिलोनाले सेल्टा भिगोलाई ४-१ ले हराउँदा रियल मड्रिडले एआइबारमाथि ४-० को एकपक्षीय जित निकाल्यो।

घरेलु मैदानमा भएको खेलमा साविक विजेता बार्सिलोनालाई जिताउने क्रममा कप्तान मेसीले ह्याट्रिक गरे। खेलको २३औं मिनेटमा मेसीले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। सेल्टा भिगोका लागि लुकास ओलाजाले ४२औं मिनेटमा गोल गर्दा खेल बराबरी भएको थियो। पहिलो हाफको अतिरिक्त समयमा मेसीले अर्काे गोल गर्दा। खेल २-१ मा पुग्यो।

दोस्रो आफ सुरु हुनेवित्तिकै ४८औं मिनेटमा मेसीले तेस्रो गोल गरी अग्रता बढाए। ८५औं मिनेटमा सर्जिओ बसक्वेटले गोल थपेपछि बार्सिलोनाले ४-१ को जित दर्ता गर्न सफल भयो।

अर्काे महारथी क्लब रियल मड्रिडले एआइबारलाई उसकै मैदानमा हराउने क्रममा करिम बेन्जिमाले २ गोल गरे कप्तान रामोसले र मिडफिल्डर फेडेरिको भल्भर्डेले १-१ गोल गरे। रियलका लागि बेन्जिमाले १७औं मिनेटमा पहिलो गोल गरेका थिए। रामोसले २०औं मिनेटमा अर्काे गोल थपे। २९औं मिनेटमा बेन्जिमाले पेनाल्टीमार्फत गोल गर्दा पहिलो हाफमा नै रियल ३-० ले अघि बढ्यो। ६१औं मिनेटमा फेडेरिको गोल गरेका हुन्।