कार्णालीका लागि हामी युद्धस्तरमा छौं: वर्षमान पुन - Himal Post Himal Post
  • २६ जेष्ठ २०८३, मंगलवार
  •      Tue Jun 9 2026
Logo

कार्णालीका लागि हामी युद्धस्तरमा छौं: वर्षमान पुन



सल्यान । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आगामी दुई वर्षभित्रमा कार्णाली उज्यालो पारिने बताएका छन् ।

कर्णाली प्रदेशका सबै बस्तीहरूमा विद्युत् पुर्‍याउनका लागि संघीय सरकारले युद्धस्तरमा काम गरिरहेको उनले बताएका थिए । नेपाल पत्रकार महासंघ सल्यानले बिहीबार बरलामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पुनले उक्त कुरा बताएका हुन् ।

सरकारले समृद्धिको सपना बोकेर काम अगाडि बढाइरहेको बताउँदै उनले अबको दुई वर्षपछि कर्णाली प्रदेशका कुनै पनि नागरिक अँध्यारोमा बस्नु नपर्ने बताए । ‘कर्णाली प्रदेशका ६१ प्रतिशत नागरिक अहिले पनि विद्युतको पहुँचबाट बाहिर रहेका छन् सरकारले नै विद्युतिकरणलाई प्राथमिकता दिएर काम अगाडि बढाइरहेको छ’, उनले भने, ‘अब कुनै पनि नागरिक विद्युत सेवाबाट वञ्चित हुनु पर्दैन।’