हिन्दु मोर्चाका संयोजक बम काण्डमा पक्राउ - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

हिन्दु मोर्चाका संयोजक बम काण्डमा पक्राउ



काठमाडौं–

झापामा बम विस्फोट गराउने घटनाका योजनाकारलाई प्रहरीले पक्राउ गरेको छ   ।

झापाको एक चर्चमा दुई वर्षअघि बम विस्फोट गराउने घटनाका मुख्य योजनाकारलाई प्रहरीले बुधबार काठमाडौंबाट पक्राउ गरेको हो।

मकवानपुरको साविकको हटिया गाविस– ५ घर भई हाल काठमाडौं महाराजगंज बस्ने ३९ वर्षका बिजय शर्मा भन्ने माधबप्रसाद भण्डारीलाई अपराध महाशाखाको टोलीले काठमाडौंको रामशाहपथबाट बुधबार पक्राउ गरेको प्रहरी प्रवक्ता एवम् प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले जानकारी दिए । भण्डारी हिन्दु मोर्चा नेपालका केन्द्रीय संयोजकसमेत रहेको प्रहरीले जनाएको छ ।

भण्डारीले नेपाल धर्म निरपेक्ष राष्ट्र घोषणा गर्न भनी संसदबाट संविधानमा व्यवस्था भएपछि नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्ने दबाव स्वरूप र क्रिष्चियन धर्मकोविरूद्धमा २०७२ भदौ २८ गते राती ११ बजेर २० मिनेटको समयमा विस्फोट गराएका थिए ।

भण्डारीकै योजनामा झापाको खजुरगाछी गाविस ६ स्थितमा रहेको इमानुएल वेष्टर्न चर्चमा सकेट बम बिष्फोटन गराएर सर्बसाधारण मानिसलाई आतंकित पारी फरार भएको प्रहरीको भनाई छ । बुधबार पक्राउ परेका भण्डारीलाई  विष्फोटक पदार्थ ऐन २०१८ तथा संगठित अपराध निवारण ऐन २०७० अनुसार कारवाही हुने प्रहरी प्रवक्ता उप्रेतीले बताए ।