उपनिर्वाचनमा रोल्पाबाट चुनाव लड्दै विप्लव समूह - Himal Post Himal Post
  • २६ जेष्ठ २०८३, मंगलवार
  •      Tue Jun 9 2026
Logo

उपनिर्वाचनमा रोल्पाबाट चुनाव लड्दै विप्लव समूह



रोल्पा : सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्‍वको नेकपाले पनि मंसिर १४ मा हुने उपनिर्वाचनमा चुनाव लड्ने भएको छ। रोल्पाको थवाङबाट विप्लव समूहले उपनिर्वाचन लड्ने भएको हो ।

थवाङमा विप्लव समूहले स्वतन्त्र उम्मेदवारी दिएको हो। राजनीति आन्दोलनमा चर्चाको केन्द्रमा रहने थवाङ तत्कालीन माओवादीको आधार इलाका हो ।

थवाङको वडा नम्बर १ को अध्यक्षका लागि नेकपाकोतर्फबाट जनकबहादुर बुढा, नेपाली कांग्रेसका कमल रोका र विप्लवको तर्फबाट भद्रबहादुर झाँक्रीले स्वतन्त्र उम्मेदवारी दिएका हुन्।

थबाङ गाउँपालिका-१, का वडाअध्यक्ष फर्कबहादुर बुढाको मस्तिष्कघातबाट गत असरमा निधन भएको थियो। उनी पनि विप्लव समूहसँगै आस्था राख्ने व्यक्ति थिए।

स्वतन्त्र नै उम्मेदवारी दिएका बुढाले २०७४ को निर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवार ग्रिसबहादुर पुनलाई हराएका थिए।