विप्लव भन्छन: चुनाव हुन दिन्नौँ, सर्वसाधारण र सुरक्षाकर्मीलाई यस्तो आग्रह - Himal Post Himal Post
  • २६ जेष्ठ २०८३, मंगलवार
  •      Tue Jun 9 2026
Logo

विप्लव भन्छन: चुनाव हुन दिन्नौँ, सर्वसाधारण र सुरक्षाकर्मीलाई यस्तो आग्रह



काठमाडौं- सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले मंसिर १४ मा हुन लागेकाे उपनिर्वाचनमा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। पार्टी महासचिव विप्लवले विज्ञप्तिमार्फत् दलका कार्यक्रमहरुमा प्रतिबन्ध लगाउने बताएको हो ।

विज्ञप्ति जारी गर्दै विप्लव समुहले भनेको छ, ‘सरकारले विप्लव नेकपालाई लगाएको प्रतिबन्ध नहटाएसम्म उपनिर्वाचनका कार्यक्रमहरुमा सरकार र सत्तामा सामेल पार्टीहरुका गतिविधिमा प्रतिबन्ध लगाउने निर्णय छ’।

विप्लव समुहले उपनिर्वाचनका कार्यक्रममा सहभागी नहुन सर्वसाधारणलाई अनुरोधसमेत गरेका छन्।

विज्ञप्ति जारी गर्दै समुहले सीमा अतिक्रमणका विरुद्धमा लाग्नुपर्ने समयमा जनता झुक्याउन उपनिर्वाचनको नाटक मञ्चन गरिएको आरोप लगाएको छ। उपनिर्वाचन बहिष्कार गर्ने नेकपाले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ।

विप्लव समुहले सुरक्षाकर्मीहरूलाई नेकपाले आफ्नो पार्टीविरुद्ध दमन नगर्न आग्रह गरेको छ ।