जेलमा पनि सुख पाएनन् आलमले, रेकर्ड र निगरानी गरिने - Himal Post Himal Post
  • २६ जेष्ठ २०८३, मंगलवार
  •      Tue Jun 9 2026
Logo

जेलमा पनि सुख पाएनन् आलमले, रेकर्ड र निगरानी गरिने



काठमाडौं– बम बनाउने क्रममा विस्फोट हुँदा घाइते भएकाहरूलाई इट्टा भट्टामा हालेर जिउँदै जलाएको प्रकरणमा जिल्ला अदालत रौतहटको आदेशमा पुर्पक्षका लागि जेल चलान गरिएका काँग्रेस सांसद तथा पूर्वमन्त्री मोहम्मद आफताव आलमले कारागारमा गरेको कुराकानी रेकर्ड गरिने भएको छ ।

पछिल्लो समय देखिएका उनका संकास्पद ब्यबहारले कारागारबाटै आपराधिक समूह परिचालन गर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै उनको कुराकानी रेकर्ड गर्न लागिएको हो । शुक्रबार अदालतले पुर्पक्षका लागि थुन्न आदेश दिएलगत्तै रौतहटबाट काठमाडौं ल्याइएका आलमलाई ललितपुरस्थित नख्खु कारागारमा राखिएको छ ।

नख्खु कारागार स्रोतका अनुसार उनको संकास्पद ब्यबहार र उनीमाथिको सुरक्षा दृष्टिले यस्तो गरिन लागेको बताइएको छ ।

आलमले भेट्न आउने आफन्त तथा परिवार र कारागारका अन्य कैदी बन्दीसँग गरेको कुराकानीसमेत रेकर्ड गरिने छ । थुनछेक बहसका क्रममा धेरै कानून व्यवसायी राखेर प्रक्रिया लम्ब्याएका आलमले जाहेरी दिने घटनाका पीडितलाई बयान फेर्न दबाब दिएका थिए ।

आलमले पारिवारिक सदस्य, निकट नातेदार र उनका पक्षमा बहस गरिरहेका कानून व्यवसायी मात्र भेट्न पाउने छन् । यस्तै आलमका हरेक गतिविधिको भिडियो सिसी क्यामेरामा कैद गरिने भएको छ ।