घाइतेलाई बेहोस हुने सुई लगाउने डाक्टर पनि भेटिए - Himal Post Himal Post
  • २६ जेष्ठ २०८३, मंगलवार
  •      Tue Jun 9 2026
Logo

घाइतेलाई बेहोस हुने सुई लगाउने डाक्टर पनि भेटिए



काठमाडौं- १२ वर्षअघि रौतहट राजपुर फरहदवा ४ स्थित शेख इद्रिसको टहरोमा भएको बम विस्फोटमा घाइते भएकाहरूलाई इन्जेक्सन लगाई बेहोस पार्ने डाक्टरको परिचय खुलेको छ।

घाइतेलाई इन्जेक्सन लगाई बेहोस बनाउने कार्यमा सांसद मोहम्मद आफताब आलमका काकाका छोरा डा. समिम अख्तर संलग्न रहेको प्रहरी स्रोतले जनाएको छ।

अख्तर हाल रौतहटको गौरमा कांग्रेसका पुराना नेता शेख इद्रिस खालिहानको नाममा ‘श्री शेख इद्रिस सेन्टर’ क्लिनिक सञ्चालन गरेर बसेका छन्। यो खबर आजको नयाँ पत्रिकामा अशोक पहाडी (राैतहट) र टेकराज थामी (काठमाडौं) ले लेखेका छन्।

तर प्रहरीले इन्जेक्सन लगाई बेहोस बनाउने कार्यमा संलग्न अभियुक्तबारे अनुसन्धान अघि बढाएको छैन।