युवा संघको बन्द जारी - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

युवा संघको बन्द जारी



आचार्य प्रदीप/बुटवल ।

रुपन्देहीको देबदह नगरपालिका ठोकावारमा युवा संघका कार्यकर्ता वसन्त पौडेल वलुको गोली हानी हत्याको विरोधमा शुरु भएको बन्द आइतबार समेत जारी रहने भएको छ ।

श्रृखलाबन्द्ध रुपमा आफ्ना नेता कार्यकर्तामाथि हत्या हुन थालेको भन्दै युवा संघ नेपाल रुपन्देहीले शनिबारदेखि अनिश्चितकालिन बन्द आह्वान गरेको थियो ।

शनिबार बाट शुरु भएको अनिश्चितकालिन बन्दको पहिलो दिन बन्दको प्रभाव परेको छ । शनिबार साना तथा छोटो दुृरीका सवारी साधन समेत चल्न दिईएको थिएन् ।

कुनै अप्रिय घटना नभएको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । यता अनेरास्ववियु रुपन्देही र वाई सिएलको समेत एक्यवद्धता रहेको छ । आईतबार हुने बन्दले सरकारी कार्यालय तथा सबै शैक्षिक संस्थाहरु पनि बन्द हुने । अनेरास्वबियु रुपन्देही अध्यक्ष बालकृष्ण पाण्डेले जनाए ।

यता नेकपा एमालेले नेता पौडेलको हत्या प्रति भ्रत्सना गरेको छ । पार्टि प्रचार प्रमुख तेजेन्द्र केसिद्वारा  विज्ञप्ति जारी गर्दै भ्रत्सना गरिएको हो । पार्टले बिज्ञप्तीमा बन्दको बिषयलाई भने उठाईएको छैन्् ।

बिज्ञप्ती सहित