योगेशलाई मन्त्री बनाउने वाचा गरेका ओलीले किन दिए धोका ? - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

योगेशलाई मन्त्री बनाउने वाचा गरेका ओलीले किन दिए धोका ?



काठमाडौं। तपाइ यहाँबाट जिताएर पठाउनुस म तपाइहरुको प्रतिनिधी योगेशलाई मन्त्री बनाएर पठाउँछु। तपाइहरुले विश्वास गरेको, यूवाहरुले विश्वास गरेको, मैले विश्वास गरेको योगेश देशले नै विश्वास गरेको व्यक्ती हो। तपाइहरु यहाँ योगेशलाई जिताएर पठाउनुस माथी म छु।’ यी सब्द योगेशलाई भोट माग्दै योगेशकै गाउँमा बोलेका हुन् ।

केपी ओली प्रधानमन्त्री भएसँगै ढाँटमा रुपान्तर भएको सामाजिक सञ्जालमा आरोप लगाउन थालेका छन्। एमालेका कार्यकर्ताहरु मात्र होइन सामान्य मतदाताहरु पनि प्रधानमन्त्री ओलीले आफू अगाडी गरेका वाचाहरुलाई ढाँटेकोमा अचम्ममा परेका छन्।

प्रतिनिधि सभाको चुनाव अघी केपी ओली एमालेका अध्यक्षका रुपमा आफ्ना उमेद्वारहरुलाई मत माग्न ताप्लेजुङ पुगेका थिए। माओवादी केन्द्रसँग गठवन्धन गरेर वामवठवन्धनका तर्फबाट मतदाताहरुसँग आफ्ना उमेद्वारहरुलाई मत माग्दै गर्दा ओलीले स्थानिय जनतासँग गरेका बाचा सम्झेर ताप्लेजुङका स्थानिय वासिन्दा अहिले छक्क परेका छन्।

एमाले अध्यक्ष केपी ओलीले आफ्नो पार्टीका केन्द्रीय सचिव समेत रहेका योगेश भट्टराईलाई मत माग्दै भनेका थिए, ‘ तपाइ यहाँबाट जिताएर पठाउनुस म तपाइहरुको प्रतिनिधी योगेशलाई मन्त्री बनाएर पठाउँछु। तपाइहरुले विश्वास गरेको, यूवाहरुले विश्वास गरेको, मैले विश्वास गरेको योगेश देशले नै विश्वास गरेको व्यक्ती हो। तपाइहरु यहाँ योगेशलाई जिताएर पठाउनुस माथी म छु।’

ताप्लेजुङका सोझा मतदाताहरुलाई फकाउँदै ओलीले भनेका थिए, ‘ अब योगेशलाई पैसाको आवश्यक पर्दैन। विकासको काममा कहाँ पैसा आवश्यक पर्‍यो मात्र भने हुन्छ। एउटा कागजमा यो यो काममा पैसा चाहियो मात्र भने पुग्छ पैसा दिने काम मेरो भयो। तपाइहरु ढुक्क हुनुस यहाँ योगेश म माथी भएपछि केहि खाँचो हुनेछैन। ‘

एमाले अध्यक्ष केपी ओलीको बारेमा बेलाबेलामा खरो टिप्पणी गर्ने पदाधिकारी मध्येका अग्रपङतिमा आउने भट्टराईको पक्षमा ओलीले खुलेर मत मागेको देखि जान्ने साक्षीहरु साच्चि नै ओलीले आफू प्रधानमन्त्री हुँदा भट्टराईलाई मन्त्री बनाउने अपेक्षा गरेर बसेका थिए। स्थानिय पत्रकार सन्तोष पुर्कोटी भन्छन, ‘ शुक्रवार प्रधानमन्त्री ओलीले तेस्रोपटक सरकार विस्तार गर्दा पनि भट्टराई नपरेपछि स्थानिय भने निराश छन्। एमालेका मात्र होइन अन्य दलका कार्यकर्ता र स्थानिय मतदाताहरु पनि ओलीले ताप्लेजुङवासीलाई ढाँटेकोमा रुष्ट छन्।’

एमाले र माओवादीका मन्त्रीहरु सहभागी भएको सरकारले अब लगभग पूर्णता पाइसकेको छ। संघीय फोरम थपिएका अवस्थामा उनीहरुका लागि दुई मन्त्रालय जगेडामा राखिएको छ। अब एमालेबाट थप मन्त्री बन्ने सम्भावना न्यून छ। मन्त्री बन्ने आश भइन्जेल ताप्लेजुङवासी पनि मौन नै थिए। तर अब भने केपीलाई उनीहरुले ढटुवा प्रधानमन्त्रीको उपमा दिन थालेका छन्।

आखिर किन ढाँटे त केपीले ?
एमालेको आन्तरिक राजनीतिमा अध्यक्ष केपी ओलीसँग फरक मत राख्दै आएका योगेश भट्टराई आम यूवा तथा पार्टी कार्यकर्ताहरुका बीचमा लोकप्रिय छन्। आम मतदाताहरुले पनि उनलाई मन पराएका हुन्। चुनावको बेलामा आन्तरिक राजनीति देखाएर योगेशको विरुद्धमा ओलीले मत माग्न सक्दैनथे। गुटगत राजनीति भन्दा माथि उठेको देखाउन पनि उनले आफ्ना आलोचक भट्टराईको पक्षमा मत मागे। जनताको बीचमा आश्वासन पनि दिए। तर उनले त्यसलाई व्यवहारमा उतार्न सक्ने अवस्था थिएन।

योगेश भट्टराईलाई मन्त्री बनाउँदा गुटगत राजनीतिमा ओलीले धेरै नै समस्या झेल्नुपर्ने स्थिति थियो। ओलीका प्रमुख सल्लाहकार विष्णु रिमाल सहितका गुटका नेताहरुले योगेश सरकारमा मन्त्री भएको देख्न चाहँदैनथे। उनलाई सरकार बाहिर राखेरै साइजमा राख्न ओली निकटहरु सबै एकमत थिए। ओलीले चाहँदैमा पनि उनको गुटका कोहि पनि भट्टराईको पक्षमा नभएपछि उनी त्यसमा अडिने कुरा सम्भव थिएन। सार्वजनिक खपतका लागि भनेका कुरालाई ओली आफैले पनि नसम्झिएपछि भट्टराई मन्त्री बन्ने कुरा गाह्रो भइसकेको थियो। शुक्रवार भट्टराई मन्त्री नबन्ने भन्ने चर्चालाई ओलीले गलत सावित गर्लान भन्ने कुराको पनि विराम लागेको छ।

भट्टराई निकटहरु पनि केहि समय अघिदेखि अब कमरेड योशेग मन्त्री बन्दैनन् भन्ने निष्कर्षमा पुगिसकेका थिए। मन्त्री बन्नेहरुको चर्चामा रहेका नामहरुका बारेमा भइरहेका छलफलमा योगेशको नाम कहि कतैबाट पनि उठान नभएपछि योगेश बाहिर परे भन्ने लख धेरैले काटिसकेका थिए। पार्टीभित्रको गुटगत राजनीतिको ‘असहिष्णु ‘ व्यवहार योगेश माथि ओली र ओली निकटहरुले देखाएको भट्टराई  निकटहरु बताउँछन्।

आलोचक र विपक्षीहरुलाई कुनै पनि अर्थमा सकाउनु पर्छ भन्ने ‘असहिष्णु ‘ व्यवहार प्रधानमन्त्री ओलीमा रहँदा उनका निकटहरु पनि त्यसैमा अभ्यस्त भइसकेका छन्। त्यसकारण पनि योगेश मन्त्रीमण्डलमा पर्दैनन न त घनश्याम भुसाल जस्ता आलोचनात्मक चेत भएका नेताहरुलाई ओली मन्त्री बनाउन राजी हुन्छन।

‘ओली म नै राज्य हुँ भन्ने अवस्थामा पुगिसके।’ ओली विरोधी गुटकाहरुको निष्कर्ष छ। ओली निकट रहेकाहरुको मत भने फरक छ।