प्रजातन्त्र भनौ वा लोकतन्त्र दुबै जनताका शासनार्थ पद्दति हुन :योगेन्द्र गौतम - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

प्रजातन्त्र भनौ वा लोकतन्त्र दुबै जनताका शासनार्थ पद्दति हुन :योगेन्द्र गौतम



प्रजातन्त्र भनौ वा लोकतन्त्र  यी दुवै  तन्त्रमा  जनता मालिक र जनताका प्रतिनिधित्व सेवार्थ शासक हुन्छन । पुर्ब अमेरिकी राष्ट्रपति अब्राहम लिंकनले प्रजातन्त्र को बिषयमा निकै सान्दर्भिक विश्लेषण गरेका छन । उनको भनाइमा प्रजातन्त्र जनताद्वारा जनताका निमित्त जनताबाट चुनिएका प्रतिनिधिहरुबाट जनता र देशको विकास गरिने परिपाटी हो ,जुन परिपाटी वर्तमान बिश्व मानस पथमा निकै लोकपृयता छ ।

जन नायक स्वर्गीय वी पी कोइरालाको विचार पनि यही हो तिस वर्षे निरंकुश पंचायती शासन पद्धतिका विरुद्द र मेलमिलापको नीतिपनि एकात्मक शासन होइन बहुलबादबाट जनताको शासन हुन पर्छ भन्ने मान्यता थियो । स्वतंत्रात्मक र स्वछंदतामा रहेर जनताले आफनो प्रतिनिधि चुन्न पाउनु पर्छ र जन प्रतिनिधि बाट राज्यको शासन व्यवस्था संचालन हुन पर्छ भन्ने विचार थियो स्वर्गीय वि पी कोइरालामा ।

भारतमा सन १९४७ मा अंग्रेजले भारत छोडेर जादा स्वतंत्र भएका भारतीय नागरिकमा त्यो बेला माहात्मा गान्धीले आफनो संबोधनमा लोकतन्त्रको  विषयमा निकै व्याख्या गरेको पाइन्छ । उनको भनाइ लोकतन्त्र संसदीय व्यवस्था मूल जड हो जुन जडमा समग्र जनताको विकास हुन्छ ।

नेहरुले पनी संसदीय व्यवस्थामा लोकतंत्र सम्मानित रहेको , लोकतन्त्रमा भारत बिलिन भएको र लोकतन्त्रबाट समग्र भारतको राज्य संचालन गरिनेछ भनेका उनका बिचाहरु निकै सान्दर्भिक पनि भए  । हुन त लोकतन्त्रमा संघात्मक राज्य प्रणाली पनी सकरात्मक रुप लिन सकिन्छ । मैले यो बिषय उठाउनुको मूलकारण वर्तमान लोकतन्त्रलाइ आत्मसाथ गर्दै संघात्मक राज्य पुनरसंरचना तिर नेपाल उन्मुक्त हुनु हो । धर्म, जात, लिङ्ग र क्षेत्रलाई संघियतामा जोडने हो भने मुलुक दिगो विकास संभब छैन र लोकतन्त्र सस्थागत हुन पनी सक्दैन ।

राजनैतिक आर्थिक व्यबस्था भाषा ,संस्कृति, धर्म ,प्राकृतिक श्रोत साधनको उपयोग र संरक्षण तथा भुमी जल खानी पानीमा आश्रित जनताको बसोबास रजीविकाको अधिकारको पनि  सुरक्षा संघात्मक लोकतान्त्रिक व्यबस्थामा संभब छ तर संघियता ,जातियता र क्षेत्रियताको आधारमा लागु गर्न खोजियो भने जनतामा नकरात्मक भ्रमको सृजना उत्पन्न हुन्छ जुन भ्रमले राज्य र समग्र मुलुकको विकास सम्भव हुदैन ।