श्वस्थ रहन योग गर्न आवश्यक : मुख्यमन्त्री भट्ट - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

श्वस्थ रहन योग गर्न आवश्यक : मुख्यमन्त्री भट्ट



धनगढी ,कैलाली । योगलाई प्रदेश भरी अभियानकै रुपमा संचालन गरिने प्रदेश नम्वर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले बताउनु भएको छ । चौथो अन्तराष्ट्रिय योग दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री भट्टले प्रदेशका जनतालाई निरोगी बनाउन पनि योगलाई अभियानात्मक रुपमा संचालन गरिने बताउनु भयो ।

हरेक मानवको पहिलो सम्पती भनेकै श्वस्थ्य भएको र श्वस्थ रहन योग गर्न जरुरी रहेको उहाँको भनाई छ । मुख्यमन्त्री भट्टले भन्नु भयो “आफ्नो गलत आनिवानी र खानपानलाई अहिले देखि त्यागौ, तपाईं हामि श्वास्थ भए मात्रै प्रदेश श्वस्थ रहन्छ र श्वस्थ प्रदेशले सम्बृधि र विकास पनि चाडो हुन्छ ।” आफ्नो डाक्टर आफै बन्नु पर्ने बेला आएको बताउदै उहाँले यसका लागि हरेक दिन योगा गर्न सबैमा आह्वान गर्नु भयो । यस्तै कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री दिर्घ सोडारीले प्रदेश ७ का श्वास्थ्य समस्या समाधानका लागि प्रदेश सरकार लागि परेको बताउनु भयो । विकट तथा दुर दराजका बस्तिहरुलाई पनि श्वास्थ्य पहुँचमा ल्याउन सामाजिक विकास मन्त्रालय कटिबध्द रहेको उहाँको भनाई छ ।

चौथो अन्तराष्ट्रिय योग दिवसको अवसरमा सामाजिक विकास मन्त्रालयले आज एक कार्यक्रमको आयोजना गरेको थियो । सरकारी निकाय, गैर सरकारी निकाय तथा सर्वसाधारणको उपस्थितीमा धनगढीको चौराहाबाट बिभिन्न योगमैत्री नाराहरु सहित सुरु भएको र्यालीले बजार परिक्रमा गरेको थियो । र्यालीका सहभागीहरुले सामाजिक विकास मन्त्रालयको प्रांगणमा योगाभ्यास समेत गरेका थिए । योगाभ्यासमा प्रदेश नम्वर ७ का सबै बिभागीय मन्त्रीहरुको सहभागीता रहेको थियो ।