फास्ट ट्रयाक बनाउन भारतलाई हैन नेपाली सेनालाई देउ - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

फास्ट ट्रयाक बनाउन भारतलाई हैन नेपाली सेनालाई देउ



योगेन्द्र गौतम 

वर्तमान उपप्रधान तथा गृहमंत्री बिमलेन्द्र निधि भारत भ्रमण सकी सोमबार नेपाल फिर्ता हुदैछन । उनको भारत भ्रमण भने प्रधानमंत्री पुष्पकमल दाहाल ( प्रचण्ड )का विशेष दुतका रूपमा भयको हो । उनले भारतमा भारतीय राष्ट्रपति
, प्रधानमंत्री गृहमंत्री देखी प्रतिपक्ष काँग्रेस आइका उपाध्यक्ष राहुल गान्धी सम्म भेट गरे ।

उनको भेट एउटा दुतकोरुपमा मात्र भयको मान्न सकिन्छ तर सञ्चार माध्यममा धेरै कुराहरू आएका छन् । नेपालमा बन्ने फास ट्रयाक र दुतमार्ग भारतले बनाउन चाहेको र सो का लागी भारतीय प्रधानमंत्री नरेन्द्र मोदीले निधिलाइ महरा बनाउन खोजेको देखिन्छ । नेपालको राष्ट्रियता माथि भारतले सदियो देखी हस्तक्षेप गरिआएको छ । नेपाल सार्वभौम देश हो । नेपालको आफ्नो संविधान छ , नीति छ , पोलिशी छ आफै आत्मनिर्भर बन्न सक्ने क्षमता छ । तर पनि भारत नेपालमाथि हस्तक्षेप गर्न पछि परेको छैन । नेपाली काँग्रेसका पूर्व सभापति स्वर्गीय सुशील कोइरालाको नेतृत्वमा बनेको संविधानलाई भारतले अजै समर्थन गरेको छैन ।

नेपालले नेपाली राष्ट्रियता र नेपाली जनताका निमित्त जनताका निर्वाचित प्रतिनिधिबाट संविधानको निर्माण गरेको हो ।

नेपालको संविधान निर्माणमा भारतको हस्तक्षेप उचित थिएन । नेपालले नेपाली राष्ट्रियता र नेपाली जनताका निमित्त जनताका निर्वाचित प्रतिनिधिबाट संविधानको निर्माण गरेको हो । यसमा भारतीय चासो किन अंतराष्ट्रीय क्षेत्रेले स्वागत गरेको नेपालको संविधानलाई केही स्वार्थी मदेशी नेता भनाउदा हरुलाई प्रयोग गरेर संशोधन गर्नु पर्छ भनेर उपदेश दिनु निचापन र आफ्नो औकात देखाउनु हो ।

भारत तथा नेपाल असल छिमेकी राष्ट्र हुन । दुवै मुलुकका जनता आपसी मित्रता सद्भाव शान्ति र एकता चाहान्छन । तर भारत सरकार यो विषयमा किन अनभिज्ञ छ । केही कुरामा नेपालको पनि कम्जोरी होला सुधार गर्नु आवश्यक देखिन्छ । विकासको मार्गमा किन नेपाल सरकार विदेशी नै खोजिहिडछ । के हामी विकास कार्यमा असक्षम छौत आत्म चिंतन सरकारले गर्नै पर्छ । अहिलेको संधर्भमा काँग्रेस सभापति सेर बाहादुर देउवा र प्रधानमंत्री प्रचण्डले फास ट्रयाक भारतलाई दिन पर्छ भन्नु सरासर गलत हो । नेपाली सेना विकास मार्गमा अगाडी बढेको छ । कैयो कठिनाइका चट्टानहरु छिचोल्दै सेनाबाट सडक निर्माण भयको छ । हरेक विकास कार्यमा सेनाको योगदान बढदै छ भने फास ट्रयाक बनाउन सेनालाई किन नदिने र भारतलाई किन दिने ।

भारतको नेपाल नीति सकरात्मक छैन । नेपालका कैयो भूभाग आज भारतमा गाभिएको छ । सिक्किम दार्जलिङ्ग भारतको अधिनमा छ । ब्रिटिसले हङ्गकङ्ग चीनलाई सुंपिसकेको छ भने भारतले गोवा पनि फिर्ता पाइसकेको छ तर नेपालले आफ्नो भूभाग जुन भारतमा छ त्यो भूभाग ऐले सम्म फिर्ता पाएको छैन । १९५० को संधिको आडमा भारत नेपाल माथि हस्तक्षेप गरिरहेको छ । यस तर्फ नेपाली नेताहरूको थ्यान जानी की नजानी । जुनै जोगी आएपनी कानै चिरेको भने जस्तो , जुनै दलको नेतृत्वमा सरकार बनेपनी आखिर किन भारतको गुलामी गर्न छोडदैन । यो एउटा गम्भीर विषय हो । नेपाल भारत सम्बन्ध सकरात्मकरुपमा अगि बढनु पर्छ यो नेपाली र भारतीय दुवै देशका जनताको चाहाना पनि हो ।