प्रदेशीहरुको पिडा 'यो तिहारमा आउन पाउदिन'(भिडियो सहित) - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

प्रदेशीहरुको पिडा ‘यो तिहारमा आउन पाउदिन'(भिडियो सहित)



हिमाल पोस्ट /३१ असोज 

दसैँ सकिए लगत्तै योग्सना म्युजिक प्रा.लिले फेरि बजारमा तिहारको कोसेली “यो तिहारमा आउन पाउदिन”शीर्षक गीत बजारमा ल्याएको छ।

प्रदेशीहरुको पिडा व्यथालाई समेटिएको गीत राम घिमिरे र नवराज अधिकारी (राज पायल)ले संयुक्त रूपमा बजारमा ल्याएका हुन।गीतमा स्वर जनक लामा, अर्चना स्याङ्तान र रमेशराज बराइलिले दिनु भएको छ भने लय दीपक सागर तिवारीको रहेको छ।शब्द राम घिमिरे कल्याणको रहेको गीत खमेश श्रेष्ठको निर्देशन र शक्ति प्रज्जवल घिमिरेले सम्पादन गरेका छन् ।

रामचन्द्र बोहरा र आशा खड्काको दमदार अभिनय रहेको गीतको एरेन्ज विष्णु तमाङले गरेका छन् ।गीतको दृश्य निर्माण व्हाइट मिडिया प्रा.लि मार्फत गरिएको छ।