प्रचण्ड !भारतलाई पठाएको गोप्य पत्र खै ? - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

प्रचण्ड !भारतलाई पठाएको गोप्य पत्र खै ?



-योगेन्द्र गौतम

सम्मानिय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड ‘ ज्यु ।
नेपाल सरकार
जय नेपाल , नमस्कार

महोदय , प्रधानमन्त्रीज्यु आज हजुर समक्ष मैले केही प्रश्न राख्ने जमर्को गरेको छु । हजुर देशको कार्यकारिणी प्रधानमन्त्री , पुर्णरुपमा देश र जनता प्रतिको उत्तरदाईत्व हजुरको कर्तव्य हैन र ? पूर्व प्रधानमन्त्री के पी शर्मा ओली नेतृत्व सरकारमा सहभागी हजुरको पार्टी माओवादी केन्द्रले ओली सरकारबाट समर्थन फिर्ता लिए पश्चात् नेपाली काँग्रेसको समर्थनमा हजुर प्रधानमन्त्री बन्नु भयो ।

प्रधानमन्त्री ज्यु किन भारतलाई हजुरले पठाएको पत्र सर्बजानिक गरिदैन?

दोस्रो पटक प्रधानमन्त्री बन्दा हजुरमा पुर्बवती विचारहरू भन्दा केही विचारहरू परिवर्तन भयको अवश्य देख्न पाइयो । हजुरले छिमेकी दुई राष्ट्रमा सम्बन्ध सुधारको नाउमा विशेष दुत पठाउनु भयो । छिमेकी देशसंग बिग्रेको सम्बन्ध आफ्नो देशको हित हुने गरी सुधार गर्नु राम्रो हो जनताले बुजेकै कुरा हो । चीनमा गएका विशेष दुत को त्यति विरोध जनताबाट भयको पाइएन । तर भारतमा गएका तपाइका विशेष दुत भने विवादमा मुछिए । संधर्भ हजुरले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाइ पठाएको गोप्य पत्र । के थियो गोप्य पत्रमा ? एउटा देशको प्रधानमन्त्रीले आर्को देशकोप्रधानमन्त्रीलाइ पत्र पठाउदा प्रराष्ट्र मंत्रालयलाइ जानाकारी गराउनु प्रने होइन र ? मंत्रीपरिषदको बैठकबाट अनुमोदन गराउनु प्रने होइन र । प्रधानमन्त्री ज्यु नेपाली जनताले तपाईँ माथि सिदा प्रश्न गरिरहेका छन् ।

संविधानको कुन धारामा आधारित रहेर प्रराष्ट्र मंत्रालय र मंत्री परिषदलाइ जानकारी नगराइ कसरी दुत मार्फत पत्र पठाउनु भयो । देश प्रति हजुरमा अलिकति पनि नैतिक जिम्मेवारी छ की छैन । प्रधानमन्त्री ज्यु हजुरका दुत उप प्रधान तथा गृहमंत्री बिमलेन्द्र निधि स्वदेश फिर्ता भैसके पछि पनि बेबस्थापिका संसद र मंत्रीपरिषदमा त्यो पत्र भित्रको विवरण किन जानकारी गराइएन । की त्यो पत्रमा हजुरको भारत भ्रमण ताका राष्ट्रघाती सम्झौता गर्ने कुनै तथ्य त थिएन यो पनि जनतामा शङ्काको विषय हो । नेपाली जनताको मौलिक अधिकार र स्वतंत्रता राष्ट्रियता सँग जोडिएको हुन्छ । देशको प्रधानमन्त्रीका हरेक कार्यहरू जान्ने अधिकार पनि जनतामा छ ।

गलतलाई विरोध र सहीलाइ समर्थन गर्नु नेपाली जनताको अधिकार हो । त्यो जनताको अधिकारलाई तपाईँ ले हनन गर्न मिल्दैन । प्रधानमन्त्री ज्यु किन भारतलाई हजुरले पठाएको पत्र सर्बजानिक गरिदैन । त्यो पत्र तत्काल सदन र जनतालाई हजुरले जानकारी गराउनै पर्छ ।