यस्तो अवस्थामा भेटिए खुमन अधिकारी र रमिला न्यौपाने (भिडियो सहित) - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

यस्तो अवस्थामा भेटिए खुमन अधिकारी र रमिला न्यौपाने (भिडियो सहित)



चर्चित गायक खुमन अधिकारी र गायिका रमिला न्यौपानेको नयाँ गीत तल परिन्न  बजारमा आएको छ जुन गीत एकदमै संदेश मूलक पनि रहेको छ । गीतलाई ठटेउलि पारामा भिडियोमा प्रस्तुत गरिएको छ ।

छोरी मान्छेले हलो जोत्न हुन्न र छोरा मान्छेले घरको साना तिना काम गर्न हुन्न भन्ने अन्धविश्वासलाई भिडियोमा प्रस्तुत गरिएको छ । भिडियोमा गायक खुमन अधिकारीले अभिनय पनि गरेका छन् ।

साथै भाडा माझ्ने जातो पिन्ने जस्ता काम गरेका छन् भने गायिका पनि आफै प्रस्तुत भएर हलो जोत्ने घर छाउने जस्ता कार्य पनि भएको छ । खुमन अधिकारीको लय तथा रमिला न्यौपानेको शब्दमा रहेको उक्त गीत आशिष् म्युजिक प्रा ली बाट बजारमा आएको छ भने चर्चित निर्देशक प्रकाश भट्टले उक्त भिडियोमा निर्देशन गरेका छन् ।

राजेश घिमिरेको छायाङ्कनमा रहेको उक्त भिडियोको सम्पादन भने विष्णु शर्मा ले गरेका हुन् । सो गीत रमिला न्यौपाने र राम प्रसाद कंडेलको संयुक्त एल्बम पनि हो ।