एमाले र माओवादीका समानुपातिक सांसद महिला मात्रै - Himal Post Himal Post
  • १७ चैत्र २०८०, शनिबार
  •      Sat Mar 30 2024
Logo

एमाले र माओवादीका समानुपातिक सांसद महिला मात्रै



मंसिर २६,काठमाडौं । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ठूलो दल बनेको नेकपा एमालेले समानुपातिकतर्फ पनि आफ्नो अग्रता कायमै राखेको छ । मंगलबार साँझसम्म ४४ लाख भोट गणना भएको छ र एमालेले सबैभन्दा बढी साढे १५ लाख भोट पाएको छ ।

दोस्रो स्थानमा रहेको कांग्रेसले साढे १४ लाख बढी भोट पाउँदा माओवादी सवा ६ लाख भोटका साथ तेस्रो स्थानमा छ । संघीय समाजवादी फोरमले डेढ लाख र राजपाले एक लाख भोट पाएका छन् भने अन्य पार्टीहरुको समानुपातिकको भोट एक लाख पुगेको छैन ।

राप्रपा, विवेकशील साझा पार्टी र नयाँ शक्ति थ्रेस होल्डका लागि संघर्षरत छन् भने राप्रपा प्रजातान्त्रिक, राष्ट्रिय जनमोर्चा, लेलगायतले नकटाउने लगभग पक्का छ ।

यद्यपि पाँच पार्टी ९एमाले, कांग्रेस, माओवादी, फोरम र राजपा० ले मात्रै ३ प्रतिशत थ्रेस होल्ड कटाउने देखिन्छ । समानुपातिकमा सांसद पाउन कुल सदर मतको ३ प्रतिशत थ्रेस होल्ड कटाउनु पर्ने व्यवस्था छ ।

कसरी छानिन्छन् समानुपातिक सांसद
यसका लागि सर्वप्रथम देशभरको मतगणना सकिनुपर्छ र कुल सदर मत कति हो भनेर संख्या निकाल्नुपर्छ ।

निर्वाचन आयोगका अनुसार १ करोड ५ लाख ८७ हजार ५२१ मतदाताले मत खसालेका छन् ।

जारी गणना हेर्दा २ देखि ३ प्रतिशत मत बदर हुने देखिन्छ । यदि ३ प्र्रतिशत मत बदर भयो भने सदर मत १ करोड २ लाख ६९ हजार बढी हुनेछ ।

अब यसमा तीन प्रतिशतको थ्रेस होल्ड लागू हुनेछ । कुद सदर मतको ३ प्रतिशत मतअनुसार ३ लाख ८ हजार बढी मत ल्याउने दल मात्रै समानुपातिक सिटका लागि योग्य हुनेछन् ।

यो थ्रेस होल्ड पार गर्न नसक्ने राजनीतिक दलहरुको कुल मत झण्डै १० लाख हुने अनुमान छ । यो मतलाई पनि कुल सदर मतबाट घटाइनेछ । अर्थात करिव ९२ लाख मत समानुपातिकका लागि योग्य मानिनेछ ।

अब ‘सेन्ट लग’ मेथड (मत विभाजन गर्ने सुत्र०बाट कुन दलले समानुपातिकमा कति सिट पायो भन्ने छुट्याइनेछ ।

एमाले र माओवादीमा महिलालाई मात्रै मौका

आयोगका प्रवक्ता नवराज ढकालका अनुसार दलहरुले पाउने सिट संख्या छुट्याएपछि ३३ प्रतिशत महिला पुग्न कति महिला चाहिने रहेछ भनेर निर्वाचन आयोगले छुट्याउने छ । र, समानुपातिकमा पाएको कुल सिट मध्येबाट यति महिला पाठाउनुस् भनेर दललाई पठाइनेछ ।

त्यसपछि दलहरुले यसअघि नै बुझाएको बन्दसूचीको यथासम्भव क्रमानुसार सांसद छान्नु पर्ने हुन्छ ।

अब एमाले र माओवादीमा महिलाको स्थानबारे विश्लेषण गरौं

यो समाचार तयार पार्दासम्म एमालेले झण्डै १६ लाख मत पाएको छ र सबै मतगणना सकिँदासम्म ३५ लाख आसपास पुग्न सक्छ । दोस्रो स्थानमा रहेको कांग्रेसले ३२ लाख र तेस्रो स्थानमा रहेको माओवादीले १३ १४ लाख पाउने देखिन्छ ।

तर, एमाले र माओवादीले समानुपातिकतर्फ पाएका सबै सिटमा महिला पठाउनु पर्ने हुनसक्छ ।

प्रत्यक्षतर्फ एमालेले ७८ ९दुई स्वतन्त्रसहित० सिट जितेको छ भने गणना जारी ३ सिटमा अग्रता लिएको छ । यो सबै जित्ने हो भने उसका प्रत्यक्ष निर्वाचित सांसद ८१ हुनेछन् । तर, एमालेमा महिला पवित्रा खरेल मात्रै विजयी भएकी छिन् भने दुई महिलाले अग्रता लिएका छन् । यदि दुबै जितेमा प्रत्यक्षतर्फ एमालेका तीन जना महिला सांसद हुनेछन् ।

अहिलेको अवस्था हेर्दा समानुपातिकमा एमालेले ४० सिट पायो भने उसको कुल सांसद १२१ हुनेछ । कुल सांसद मध्ये ३३ प्रतिशत अर्थात ४० महिला हुनुपर्छ । तर, प्रत्यक्षबाट विजयी तीन मात्र हुँदा बाँकी ३७ महिला समानुपातिकबाटै आउनेछन् । अर्थात एमालेले समानुपातिकमा पाउने सबै सिटहरु ३३ प्रतिशत महिला पुर्‍याउँदैमा सकिनेछ ।

यो हिसाबलाई स्वीकार गर्दै एमाले नेता अग्नि खरेल भन्छन्, ‘यो त हामीलाई संविधान बनाउने बेलामा नै थाहा थियो ।’

माओवादीको अवस्था पनि एमालेको जस्तै छ । माओवादीले समानुपातिकमा करिव १४ लाख भोट पाउने देखिन्छ । यदि उसले १५ सिट पायो भने कुल सांसद ५१ सिट हुनेछ । यसको ३३ प्रतिशत अर्थात १७ जना महिला हुनुपर्छ । तीनजना प्रत्यक्ष निर्वाचित भएर आएकाले १४ जना महिला समानुपातिकबाट ल्याउनुपर्छ ।

अर्थात माओवादीको पनि समानुपातिक सांसद ३३ प्रतिशत महिला कोटा पुर्‍याउँदैमा ठिक्क हुनेछ । समानुपातिकको बन्द सूचीमा रहेका पुरुषहरु सांसद हुनेछैनन् । भैहाले पनि एक जनासम्म होलान् ।